ओली सरकारको पाँच महिने यात्रा : ९२ उपलब्धी (सूचीसहित)


२८ श्रावण २०७५, सोमबार
oli sarkar latest 1

काठमाडौं, २८ साउन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा बोकेर आएको नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वका वर्तमान सरकारले पाँच महिने यात्रा पूरा गरिसकेको छ ।

oli sarkar latest 1

वर्तमान सरकारको नारा समृद्धिको भए पनि अहिलेसम्म जनताले समृद्धिको अनुभव व्यवहारमा गर्न नपाइरहेको आलोचना भइरहेका बेला ओली सरकारले भने छोटो समयमै विभिन्न ९२ उपलब्धी हासिल भएको दावी गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीबाट बर्हिगमन भएर गएका बेला आफूहरु सरकारमा आएको र त्यो बेला सबैतिर समस्या नै समस्याको अवस्था रहेको र सबैतिरका समस्या टाल्नु पर्ने अवस्थालाई मिलाउँदै पाँच महिनाकै अवधिमा यी ९२ उपलब्धी हासिल भएको जनाइएको छ ।

‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपूर्ण कार्यहरु’ नामक पुस्तिका सार्वजनिक गर्दै यी उपलब्धीहरुका बारेमा सर्वसाधरणलाई जानकारी गराइएको छ । पुस्तिकामा पाँच महिनाको अवधिमा २० क्षेत्रमा विभिन्न उपलब्धी भएको दावी गर्दै तिनको सूची समेत दिइएको छ । त्यसमध्ये ‘सुशाासनका लागि मानक थालनी’ अन्तर्गत विभिन्न १३ खालका उपलब्धी हासिल भएको सरकारले दावी गरेको छ ।

यसैगरी ‘हवाई सेवा र पर्यटन पूर्वाधारमा उल्लेखनीय परिवर्तन’ शीर्षक अन्तर्गत ६ वटा उपलब्धी उल्लेख गरिएको छ भने ‘नेपालका आवश्यकता र प्राथमिकतामा आधारित विदेश सम्बन्ध’ अन्तर्गत ११ उपलब्धी हासिल भएको उल्लेख छ । पुस्तिकामा प्रधानमन्त्री ओलीको २३–२५ चैत्र २०७४ मा भएको भारतको ३ दिने राजकीय भ्रमण र ५–१० असार २०७५ मा भएको चीनको औपचारिक भ्रमण पनि उपलब्धीमूलक भएको उल्लेख गर्दै त्यसको सविस्तार चर्चा गरिएको छ ।

get img 2

‘अर्थ–प्रशासनमा सुधार, राज्यकोषलाई उल्लेख्य लाभ’ शीर्षक अन्तर्गत १० वटा उपलब्धी भएको दावी गरेको सरकारले आफ्नो मुख्य नाराको रुपमा रहेको ‘सडक÷रेल पूर्वाधार निर्माणः तीब्र गतिमा काम’ शीर्षकमा ६ उपलब्धी हासिल भएको बताएको छ। यसैगरी ‘पूर्वाधार विकासमा छोटो समयका केही नतिजा’ भन्दै ६ वटा उपलब्धी भएको दावी सरकारको छ भने ‘ऊर्जामा आत्मनिर्भरता, राष्ट्रिय आयको दीर्घकालीन साधन’ शीर्षकमा २ उपलब्धी हासिल भएको भनिएको छ।

‘शिक्षा क्षेत्रमा दूरगामी महत्वका तीन प्रमुख काम’ भन्दै ती कामहरुको सूची दिइएको छ । ‘सुरक्षाको क्षेत्रमा भएका मुख्य पाँच काम’ भन्दै जम्मा ४ वटा कामको सूची उल्लेख गरिएको छ । ‘पुनर्निर्माणमा नतिजामुखी काम’ ४ वटा काम भएको दावी सरकारले गरेको छ । यसैगरी ‘कृषिको व्यवसायीकरण’ ४ वटा, ‘सामाजिक सुरक्षामा नयाँ थालनी’ अन्तर्गत ३ वटा, ‘प्रशासनमा शीघ्र र सहज सेवाको प्रवन्ध’ अन्तर्गत ४ वटा, ‘मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै’ शीर्षक अन्तर्गत ५ वटा उपलब्धी हासिल भएको चर्चा गरिएको छ ।

‘नमूना शहर र एकीकृत वस्ती निर्माणको आधार तयार’ अन्तर्गत ३ वटा, स्वास्थ्य क्षेत्रमा उपलब्धीमा औषधिको मूल्य निर्धारण’ अन्तर्गत ३ वटा, ‘उद्योगमा सफलताः फलाम खानी अन्वेषण’ अन्तर्गत ३ वटा उपलब्धी भएको बताउँदै सरकारले ‘अन्तर्राष्ट्रिय र प्रदेशस्तरीय रङ्गशाला निर्माणको तयारी’ अन्तर्गत २ वटा उपलब्धी भएको दावी गरिएको छ ।

यी हुन् ओली सरकारका ९२ उपलब्धी

Ssangyong 2075 03 22 NAYAPAGE
nayapage add gurkhas
appharu add 1
Krishna Kumar Rai1

ताजा अपडेट

ओली सरकारको पाँच महिने यात्रा : ९२ उपलब्धी (उपलब्धी सूचीसहित)
oli sarkar latest 1

काठमाडौं, २८ साउन । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा बोकेर आएको नेकपा अध्यक्ष केपी शर्मा

पल्सर अब डबल डिस्कमा
pulsar 150

काठमाडौं, २८ साउन । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी (एचएच)

अब टेलिकमको उच्च गतिको ‘ब्रोड व्याण्ड’ इन्टरनेट
karnalima fast internet service eight di 44857

काठमाडौं, २८ साउन । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै ३ हजार किलोमिटर क्षेत्रमा अप्टिकल फाइबरमहत्वपूर्ण लिंकहरु

  • प्रीतिबाट युनिकोड
  • आजको विनिमयदर
  • सुन-चाँदी
  • सेयर बजार

सम्बन्धित

पल्सर अब डबल डिस्कमा
pulsar 150

काठमाडौं, २८ साउन । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी (एचएच)

अब टेलिकमको उच्च गतिको ‘ब्रोड व्याण्ड’ इन्टरनेट
karnalima fast internet service eight di 44857

काठमाडौं, २८ साउन । नेपाल टेलिकमले चालु आर्थिक वर्षभित्रै ३ हजार किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर

हतियार भण्डारमा विष्फोट, १२ बालबालिकासहित ३९ को मृत्यु
102944349 afpgettyimages

काठमाडौं, २८ साउन । सिरियाको पश्चिमोत्तर प्रान्त इड्लिबमा एउटा भवनमा एउटा विष्फोटन हुँदा कम्ती ३९

Nayapage

नयाँ पेज प्रा.लि.

बागबजार 
काठमाडौँ, नेपाल

प्रधान सम्पादक: राजेश राई

सम्पादक: माधव पौडेल

सूचना विभाग दर्ता न. ४७५/०७३/०७४

सम्पर्क

 (977) 1-4011067

 (977) 9841115874

 [email protected]

 [email protected]

 [email protected]

विज्ञापनका लागि

प्रविन कुलुङ राई (9843501133)

Hong Kong

 +85263313334

 [email protected]

United Kingdom

12 Mountbatten court Birchett road Aldershot Hants GU11 1LY

 +447840045978

 +447766036565

2018 Naya Page सर्वाधिकार सुरक्षितBy appharu.comSkip to toolbar

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७