देउवाको ६ महिनाको खर्च २९ करोड, ओलीको ५ महिनाको साढे २ करोड


२८ श्रावण २०७५, सोमबार
oli deuba

काठमाडौं, २८ साउन । सरकारले आर्थिक सहायता, चन्दा र पुरस्कारका नाममा राज्यको ढुकुटी मनपरी रुपमा खर्च गर्ने गरेको गुनासो सुन्न पाइन्छ ।

oli deuba

यसरी सहायताका नाममा वर्तमान ओली सरकारले पनि विगतकै सरकारको जस्तो शैली अपनाइरहेका बेला ओली सरकारले सार्वजनिक गरेको पाँच महिनाको उपलब्धीमा विगतको शेरबहादुर देउवा नेतृत्वको सरकार र ओली नेतृत्वको सरकारको सहायता सहयोग रकमको तुलना गरिएको छ । जसमा आर्थिक सहायता, चन्दा र पुरस्कारका नाममा राज्यको रकम बाँड्नेमा को दिलदार रहेछ भन्ने देखाइएको छ ।

ओली सरकारले सार्वजनिक गरेको पाँच महिनाको ९२ उपलब्धी पुस्तकमा राज्यको ढुकुटी बाँड्ने मामिलामा वर्तमान प्रधानमन्त्री केपी ओली धेरै मितव्ययी देखिएका छन् । जसलाई हेर्दा शेरबहादुर देउवा र ओलीलाई तुलना गर्दै गरिएको आलोचना निराधार देखिएको छ । पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्व सरकारले ६ महिनाको अवधिमा वितरण गरेको आर्थिक सहायता, चन्दा र पुरस्कार आफ्नो नेतृत्वमा सरकार बनेपछि यसै शीर्षकमा वितरण गरेको रकम सार्वजनिक गर्दै ओलीले देउवा भन्दा आफ्नो नेतृत्वको सरकार मितव्ययी भएको दावी गरेका छन् ।

आफ्नो सरकारको पाँच महिने उपलब्धी सार्वजनिक गर्ने क्रममा जारी गरिएको पुस्तिकामा ‘गृह मन्त्रालयबाट आर्थिक सहायता, चन्दा, पुरस्कार अन्तर्गत २०७४ साउनदेखि पुससम्म २ हजार १८९ जनालाई २८ करोड ९८ लाख २७ हजार ७० रुपैयाँ वितरण गरिएको’ उल्लेख गरिएको छ ।’ अघिल्लो सरकारले यी शीर्षकमा ६ महिनाकै अवधिमा २९ करोड रुपैंयाँ खर्च गरिएको जनाइएको छ ।

पुस्तिकामा भनिएको छ, ‘यो सरकार बनेपछि २०७४ माघदेखि ०७५ असारसम्म, आन्दोलनका क्रममा जीवन गुमाएका ११ जनाको जनही १० लाखका दरले वितरण गरिएको १ करोड १० लाखसहित जम्मा २ करोड ४२ लाख मात्र वितरण भएको छ ।’ पुस्तिकामा यो सरकार बनेपछि २०७४ माघदेखि २०७५ असारसम्म’ भन्ने उल्लेख भए पनि ओली सरकार २०७४ फागुनमा मात्र बनेको थियो । तत्कालीन माओवादी केन्द्रको समर्थनमा ३ फागुन ०७४ मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७