गोइत समूहले लियो विराटनगर महानगरमा बम विष्फोटको जिम्मा


२८ श्रावण २०७५, सोमबार
Jayakrishna Goit

मोरङ, २८ साउन । विराटनगर महानगरपालिकाको कार्यालयमा आइतबार दिउँसो भएको बम विष्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले लिएको छ ।

Jayakrishna Goit
जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका अध्यक्ष जयकृष्ण गोइत

मोर्चाका अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति जारी गर्दै महानगरमा विष्फोट आफूहरुले गराएको दाबी गरेका हुन् ।

उनले आफ्नो संगठन सप्तरी र सिरहा जिल्लामा मात्र सीमित नरहेको जानकारी दिन तथा बन्दुकको बलमा गरिएको तीन तहको निर्वाचनले निरंकुश शासनको निरन्तरता भएकाले त्यसको विरोधमा विष्फोट गराएको विज्ञप्तिमा उल्लेख गरेका छन् । गोइतले आफूहरु हतियार र विष्फोटाट नै तराईलाई मुक्त गर्ने अभियानमा रहेको चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७