गोंगबुबाट फेरि बालक अपहरण, खोज्न ८० जना प्रहरी परिचालन


२८ श्रावण २०७५, सोमबार
balak apaharan

काठमाडौं, २८ साउन । काठमाडौं काँडाघारीका ११ वर्षीय निशान्त खड्काको अपहरणपछि हत्याको घटना सेलाउन नपाउँदै फेरि अर्का एक बालक अपहरणमा परेका छन् ।

balak apaharan

काठमाडौंको गोंगबुबाट अपहरणमा परेको भनिएका सिजान्त महतको खोजीका लागि प्रहरी परिचालन भएको जनाइएको छ । प्रहरीको अपराध महाशाखा र काठमाडौं परिसरले संयुक्त रूपमा बालकको खोजी गरिरहेको जनाएको छ ।

महतको खोजीका लागि ८० भन्दा धेरै प्रहरी परिचालन भएको प्रहरी स्रोतले जानकारी दिएको छ । सिजान्तलाई ‘अपहरण’ गरेका भनिएका दिलबहादुर कार्कीको मोबाइल स्वीच अफ रहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७