टेलिकमकी एमडी कामिनीलाई किन सोधियो स्पष्टीकरण ?

हुवावेलाई ३ अर्ब भुक्तानी दिई करोडौं कमिसन खाएको आरोप


२८ श्रावण २०७५, सोमबार
kamini rajbhandari 9
नेपाल टेलिकमकी प्रवन्द निर्देशक कामिनी राजभन्डारी

काठमाडौं, २८ साउन । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीसँग ३ महिनापछि सरकारले पुनः स्पष्टीकरण सोधेको छ । ३ महिनाअघि २०७५ बैशाख २४ को मन्त्रिपरिषद बैठकले उनलाई ७ दिने स्पष्टीकरण सोधेको थियो ।

कामिनीलाई अब ४ महिना जोगाउने र अरबौं अरबका काम गर्ने दाउमा बीचौलिया राम थापाहरु लागेका छन् ।

कामिनीलाई अब ४ महिना जोगाउने र अरबौं अरबका काम गर्ने दाउमा बीचौलिया राम थापाहरु लागेका छन् । 

त्यसबखत प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएरै ‘इन्जिन नै फेर्ने कि टायरमात्रै फेर्ने’ भनेर उनीबाट टेलिकमले केही उपलब्धी हासिल गर्न नसकेको संकेत गरेका थिए । तर त्यतिबेला एमालेका प्रदेश सांसद अजयक्रान्ति शाक्य, उनकी श्रीमती अन्जान शाक्यदेखि राम थापासम्मले प्रधानमन्त्री केपी ओलीदेखि नेकपाका अध्यक्ष प्रचण्डसँग हारगुहार गरेर उनले पद जोगाएको चर्चा चलेको थियो ।

प्रबन्ध निर्देशक राजभण्डारीेले संचार मन्त्रालयको फोरजी सेवाको विस्तार लगायत अप्टिकल फाइबरको ठेक्काको काम नगरी यसबीचमा विगत लामो समयदेखि रोकिएको हुवावेको ३ अर्ब रुपैयाँ भुक्तानी दिएर ठूलो रकम कमिसन खाएको स्रोतले बताएको छ । सरकारले दिएको निर्देशनअनुुसार काम गर्नुको साटो कामिनीले यसबीचमा पुरानो भुक्तानी दिएर कमिसन बटुल्नतिर मात्र केन्द्रित भएको आरोप छ ।

हुवावेलाई नेगोसिएसनमा दिएको कामको रोकिएको भुक्तानी उनले दिएर करोडौं रुपैयाँ कमिसन यसबीचमा लिएको सूचना संचार मन्त्रालयमा पुगेको छ । मन्त्रालयले दिएको निर्देशन अनुसार टेलिकमको सुधारतिर भन्दा उनले कसरी हुन्छ कमिसन संकलनतिर लागेपछि उनलाई शुक्रबार ७२ घन्टे स्पष्टीकरण सोधेको हो । उनको स्पष्टीकरणको म्याद आइतबार सकिएको छ ।

हुवावेले लामो समयदेखि रोकिएको भुक्तानी पाएपछि कामिनीलाई जोगाउन सूत्रको खोजीमा लागेको थियो । तर यसबीचमा मन्त्रिपरिषदले पुनः ७२ घन्टे स्पष्टीकरण सोधेपछि उनको पद संकटमा परेको छ । कामिनीलाई अब ४ महिना जोगाउने र अरबौं अरबका काम गर्ने दाउमा बीचौलिया राम थापाहरु लागेका छन् ।

राम थापाहरु ४ महिनामा फोरजीको टेण्डर टुंगो लगाउने दाउमा छन् । र, ४ महिना जोगाउन उनी शक्तिकेन्द्रमा दौडिरहेका छन् । राम थापा मन्त्रीहरु बर्षमान पुनदेखि एमालेका नेताहरुको घर घरमा धाइरहेका छन् । यसअघि पनि राम थापाले नै कामिनीलाई शक्तिकेन्द्रमा लगेर जोगाएको बताउने गरेका छन् ।

संभवतः कामिनीलाई मंगलबारको मन्त्रिपरिषद बैठकले हटाउनेछ । सरकारले टेलिकम सुधारका लागि दिएका एउटा पनि काम पूरा नगरेको आरोप उनीमाथि छ । स्पष्टीकरणमा समेत सो कुरा उल्लेख छ । टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट १ बर्षअघि अप्टिलक फाइबर बिछ्याउनका लागि टेण्डर लिएको थियो । टेलिकमले अप्टिकल फाइबर बिछ्याउनका लागि ठेक्कामा दिएको र टेलिकमबाट ठेक्का लिएका ठेकेदारले अर्कोलाई अर्कोले अर्कोलाई दिएका कारण कामै सुरु हुन सकेको छैन ।

त्यस्तै टावरमा राख्ने सोलारका लागि गरेको टेण्डरमा सबैभन्दा कम दरमा हाल्ने पहिलो र दोस्रो कम्पनीलाई नदिई सबैभन्दा बढी हाल्ने तेस्रो कम्पनीलाई टेण्डर दिएपछि संचार मन्त्रालयका सचिव महेन्द्र गुरुङले रद्द गरिदिएका थिए ।सचार मन्त्रालयका सचिव टेलिकम संचालक समितिका अध्यक्ष हुन् । कामिनीले पोखरा र काठमाडौंमा फोरजी सेवा विस्तार गर्ने क्रममा हुवावेसँग कमिसन खाएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरि नै रहेको छ ।

एनसेलले टेलिकम भन्दा १ बर्षपछि फोरजीको अनुमति पाए पनि २९ वटा जिल्लामा विस्तार गरिसकेको छ । तर कामिनीको असफल नेतृत्वका कारण टेलिकमले पोखरा र काठमाडौंबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न सकेको छैन । पोखरा र काठमाडौंको पनि गुणस्तरीय छैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७