अमेरिकी राष्ट्रपति ट्रम्प चीन पुगे


प्रकाशित मिति : November 8, 2017

बेइजिङ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन्। उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका समाचारमा जनाइएको छ।

चीनको राजकीय भ्रमणका क्रममा उनी आज दक्षिण कोरियाबाट चीन पुगेका हुन्। एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेका थिए।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा गएका हुन्।दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन्।

उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन्। रासस रसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्