अब फेसबुकबाटै स्पेनिस ला लिगा हेर्न सकिने


२९ श्रावण २०७५, मंगलवार
facebook

काठमाडौं, २९ साउन । के तपाई फुटवल खेलको फ्यान हुनुहुन्छ ? अनि स्पेनिस ला लिगा फुटवल प्रतियोगिता कसरी हेरौं भन्ने भइरहेको छ ? चिन्ता नगर्नुस् अब तपाईले आफ्नो फेसबुकबाटै स्पेनिस ला लिगा प्रतियोगिता हेर्न सक्नु हुन्छ ।

facebook

सामाजिक सञ्जाल फेसबुक र स्पेनिस ला लिगा फुटबलबीच भएको एक सम्झौतामा नेपाललगायत अन्य एसियाली मुलुकले यस प्रतियोगिता ३ सिजनसम्म निःशुल्क रुपमा खेल हेर्न पाउने सहमति भएको बीबीसीले जनाएको छ । फेसबुकबाट यो लिग हेर्न पाउने अन्य मुलुकहरुमा सार्क राष्ट्रहरु भारत, अफगानिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन् ।

सहमति भइसके पनि औपचारिक रुपमा यसको घोषणा हुन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । फेसबुकको यो सुविधासँगै एसियाली मूलका ३८ करोड ४० लाखले फेसबुकबाट यस प्रतिष्ठित लिग ला लिगा हेर्न पाउने छन् । भारतमा मात्रै २७ करोड नागरिक फेसबुक प्रयोगकर्ता छन् । यसअघि फेसबुकले अमेरिकी खेलप्रेमीका लागि मेजर लिग बेसबल निःशुल्क रुपमा फेसबुकमा प्रदान गरेको थियो ।

फेसबुकले त्यसबेला १ खेल बराबर दश लाख अमेरिकी डलर मेजर लिग बेसबललाई प्रदान गरेको थियो । फेसबुकले विज्ञापनमार्फत् आफ्नो खर्च उठाउने गरेको छ । तर ला लिगा प्रशारण गर्नेबारे रोयटर्ससँग बोल्दै फेसबुक ग्लोबल लाइभ स्पोर्ट्सका निर्देशक पिटर हटनले विज्ञापन विना नै यो सुविधा प्रदान गर्न लागेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७