बलात्कारीलाई जोगाउने एसपी र डिएसपीलाई कार्वाही, घट्यो ग्रेड


२९ श्रावण २०७५, मंगलवार
Rape case 990x763 1

काठमाडौं, २९ साउन । किशोरीमाथि सामुहिक बलात्कार भएको घटनाका पीडकलाई जोगाउने दुई प्रहरीमाथि कार्वाही भएको छ ।

Rape case 990x763 1

महानगरीय प्रहरी कार्यालयका एसएसपी पूर्णचन्द्र जोशी र काठमाडौं परिसरका एसपी रामदत्त जोशीको संयोजकत्वमा गठित टोलीले गरेको छानबिनमा उनीहरु दोषी देखिएपछि कार्बाहीमा परेका हुन् ।

२०७४ माघ ७ गते काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक किशोरीमाथि भएको सामुहिक बलात्कार र १६ पुस २०७४ मा इटहरीको रोयल रिसोर्टमा बालिका बलात्कारको घटनाका आरोपीलाई जोगाउने गरी मिलमतोमा टुंग्याउने प्रहरी अधिकारीको ग्रेड घटुवा र सुरु स्केलमा घटुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इटहरीको रोयल रिसोर्टमा बालिकामाथि भएको बलात्कार घटनालाई त्यसै टुंग्याएको आरोपमा सुनसरी प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीकोे एक स्केल ग्रेड घटुवा र प्रहरी निरीक्षक चिरन्जिवी दाहालको सुरु स्केलमा घटुवा गरेर कार्बाही गरिएको छ ।
उक्त घटना पश्चात प्रहरीले एसएसपी हरिबहादुर पालको नेतृत्वमा गठन गरेको पाँच सदस्यीय छानबिन समितिको सिफारिसका आधारमा उनीहरु कारबाहीमा परेका हुन् ।

त्यस्तै दरबारमार्ग बलात्कार घटना आर्थिक लेनदेनमा वृत्तमै कपाली कागजमा सहमति गराउने वृत्तका तत्कालीन इन्चार्ज डिएसपी तिलक भारती, प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र मुद्दाका सई चन्द्रबहादुर भण्डारी कारबाहीमा परेका हुन् । डिएसपी भारतीको ग्रेड घटुवा हुुँदा प्रहरी निरीक्षक ठकुरी र सई भण्डारीको शुरु स्केलमा घटुवा गरी कार्बाही गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७