ट्रम्पले नेपाललाई ‘निप्पल’ भनेपछि…


२९ श्रावण २०७५, मंगलवार
trump 0wOR55yQVr

काठमाडौं, २९ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको नाम गलत उच्चाहरण गरेको विषयलाई अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा विशेष स्थान पाएका छन् ।

अमेरिकी राजनीति र अन्तर्राष्ट्रिय नीति कभर गर्ने द पोलिटिकोले अमेरिकी राष्ट्रपति ट्रम्प विश्व मामिलामा कम जानकार रहेको भनेर प्रकाशित गरेको समाचारमा नेपाल र भुटानको नाम समेत गलत उच्चाहरण गरेको विषय परेको हो ।

पोलिटिकोले सन् २०१७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिकाको राजकीय भ्रमणअघि दक्षिण एशियाको नक्साको अध्ययन गर्दै नेपाललाई ‘निप्पल’ र भुटानलाई ‘बटन’ उच्चाहरण गरेको दुई स्रोतहरुलाई उद्धृत गर्दै जनाइएको छ । दक्षिण एशियाको नक्सा हेरेर उनी छक्क परेको बताइएको छ । त्यस समयसम्म भारत र चीनको बीचमा नेपाल र भुटान छ भन्ने समेत थाहा नभएको उल्लेख छ । त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीलाई पत्नी खोजिदिने प्रतिवद्धता समेत उनले जनाएका थिए ।

trump 0wOR55yQVr

ह्वाइट हाउसमा आउँदा मोदीको साथमा पत्नी हुन्छ कि हुँदिनन् भनेर अधिकारीहरुसँग जिज्ञासा राखेका थिए । तर उनको सुरक्षा सल्लाहकारहरुले मोदीको पत्नीसँग दशकौं अघिदेखि छुट्टिएर बसेको जानकारी गराएका थिए । त्यसपछि उनले जोक गर्दै भनेका थिए, ‘कसैसँग उनलाई मिलाई दिन सक्छु भन्ने लाग्छ ।’

मोदी १८ वर्षमा विवाह भएको केही समयपछि नै गाउँ छाडेर हिंडेका थिए । मोदीको पत्नी सेवा निवृत्त शिक्षका हुन् । सन् २०१४ को लोकसभा चुनावअघिम्म जशोधावहनको बारेमा कमै मानिसलाई थाहा थियो । दुवैसँगै नबस्ने भए पनि सम्बन्ध विच्छेद भने भएको छैन । तेस्रो विवाह गरेका ट्रम्प विभिन्न महिलाहरुसँग नाम जोडिदै आएका छन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७