विकास गर्न वाम गठबन्धनको विकल्प छैन : नेम्वाङ


२२ कार्तिक २०७४, बुधबार
subash nembang

काठमाडौं: नेकपा (एमाले) का नेता सुवास नेम्वाङले देश विकासका लागि वाम गठबन्धनको विकल्प नभएको बताएका छन् ।

subash nembang
बुधबार वाम गठबन्धनद्वारा इलाम नगरपालिका–९ मा आयोजित चुनावी सभामा उनले मुलुकमा कम्युनिष्टले जितेर अधिनायकवाद ल्याउँछन् भनेर विपक्षी दलका नेताहरुको अभिव्यक्ति दुःखदायी भएको बताएका छन् ।
इलाम क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पूर्वसभामुख नेम्वाङले यस्ता खालका अभिव्यक्तिले विपक्षीलाई नै असर पुग्ने बताउँदै मुलुकको दिगो विकास र समृद्धिका लागि अब गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्नुपर्नेमा जोड दिएका छन् ।
‘यो गठबन्धन केवल निर्वाचनका लागि मात्र होइन्, हाम्रो विचार र सिद्धान्त मिल्छ, त्यसैले निर्वाचनपछि दीर्घकालसम्म एकताबद्ध भएर देशलाई अग्रगति दिनका लागि भएको हो,’ उनले भने, ‘निर्वाचनपछि सिङ्गो इलामलाई पहाडी जिल्लाका नमूनाका रूपमा अघि बढाइने छ ।’रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७