हिमानी थाइल्याण्डमा रमाउने, पारस नेपालमा यस्तो ‘प्लान’ बनाउने


२९ श्रावण २०७५, मंगलवार
parash himani 1

काठमाडौं, २९ साउन । पूर्व युवराज पारस शाहलाई एक्लै पारेर थाइल्याड गएको पूर्व राजपरिवार अहिले पनि उतै छ ।

parash himani 1
पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह । तस्विर : फाइल

नातिनी कृतिकाको उच्च शिक्षाका लागि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र पूर्व युवराज्ञी हिमानीसहितको राजपरिवार टोली अहिले थाइल्याण्डको बैंककमा छ । सपरिवार थाइल्याण्डमा रमाइरहेका बेला निर्मल निवासमा रहेका पारसले भने यता ‘नयाँ प्लान’ बनाएका छन् । उनी अर्काे महिना खप्तड जाने भएका छन् । प्रसिद्ध पर्यटकीयस्थल खप्तड जान लाग्नुको उद्देश्य पारसको भ्रमण नभई ध्यानका लागि भएको पारस निकट स्रोतले जानकारी दिएको छ । पारस आफ्ना सहयोगीहरुसहित १० भदौमा खप्तडका लागि काठमाडौँ छाड्ने र केही हप्ता त्यहीं बिताउने योजना रहेको स्रोतले जानकारी दिएको छ ।

पारसका साथमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहका छोरा प्रभञ्जनबहादुर सिंह लगायत हुने जनाइएको छ । सन्यासी जीवन बिताइरहेका प्रभञ्जन आजकल योगी व्याघ्र वेदनाथका नामले चिनिन्छन् । उता आमा रत्न शाहको जन्म दिन मनाउन पूर्व राजा युवराज ज्ञानेन्द्र भदौ २ मा थाइल्याण्डको बैंककबाट काठमाडौं फर्कने जनाइएको छ । तर, उनी काठमाडौं फर्कदा राजपरिवारका अन्य सदस्य फर्कने–नफर्कने चाहिँ निश्चित भइसकेको छैन ।

गएको दुई हप्तादेखि पूर्व राजपरिवारका अधिकांश सदस्य थाइल्याण्डमा छन् । पूर्व राजा शाह १५ साउनमा त्यसतर्फ प्रस्थान गरेका थिए । बुहारी हिमानी चाहिँ दुई छोरी पूर्णिका र कृतिका साथ अघिल्लो दिन नै बैंकक गएकी थिइन् । ४ भदौमा रत्नको जन्मदिन मनाएर पूर्व राजा ज्ञानेन्द्र उनी बैंकक फर्कने योजनामा रहेको स्रोतले जानकारी दिएको छ । उनी भदौं ६ मा बैंकक जाने योजना छ । यता भदौ १० मा पासर खप्तडका लागि निर्मल निवासबाट निस्कने भएका छन् । पछिल्लो समय पारसको रुची धर्मकर्ममा देखिन थालेको छ । केहीमहिना अघि उनीसहित राजपरिवारका युवा तथा किशोर सदस्यहरु पशुपतिमा पृथ्वीनारायण शाह र नेपाल एकीकरण् सम्बन्धी प्रबचन सुनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७