१७ वर्षीया युवतीलाई जङ्गलमा लगेर सामुहिक बलात्कार


२९ श्रावण २०७५, मंगलवार
rape 3

उदयपुर, २९ साउन । संसदमा बलात्कारीलाई हदैसम्मको कार्वाही हुनुपर्ने माग चर्को बनिरहेका बेला उदयपुरकी एक १७ वर्षीया युवती सामुहिक बलात्कारको शिकार भएकी छन् ।

rape 3

उनलाई तीन युवकले जङ्गलमा लगेर सामुहिक बलात्कार गरेका हुन् । एक युवक पक्राउ परेका छन् भने दुई जना अझै फरार रहेको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका–१२ बस्ने २६ वर्षीय बिकाश परियारलगायतका व्यक्तिले उनीमाथि सामुहिक बलात्कार गरेका हुन् ।

परियार समेतका ३ जनाले सोमबार सोही स्थानकी १७ वर्षीया किशोरीलाई स्थानीय बसपार्कबाट ललाई फकाई स.१ ह २१९४ नम्बरको अटो रिक्सामा लिएर गई चौदण्डीगढी नगरपालिका–१० स्थित हडिया जङ्गलमा लगेर सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । फरार रहेका अन्य दुई जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७