मन्त्रिपरिषदले गर्‍यो टेलिकमकी एमडी बर्खास्तदेखि नियुक्तिसम्मका यस्ता ८ निर्णय


३० श्रावण २०७५, बुधबार
cabinet tnfV5dT2HC 1

काठमाडौं, ३० साउन । मन्त्रिपरिषदको मंगलार साँझको वैठकले टेलिकमकी प्रवन्धक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नेदेखि विभिन्न महत्वपूर्ण आठ निर्णयहरु गरेको छ ।

cabinet tnfV5dT2HC 1

मन्त्रिपरिषद्को बैठकले एकै दिन नियुक्तिदेखि पदमुक्तसम्मका निर्णयहरु गरेको छ । बैठकले थप तीन बिधेयकहरु समेत स्वीकृत गरेको छ ।

यी हुन् मंगलबारको मन्त्रिपरिषदले गरेको निर्णयहरु :-
१) बालबालिकासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको बिधेयक संघीय संसदमा पेश गर्ने ।
२) खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारसम्बन्धि बिधेयक संसदमा पेश गर्ने ।
३) रोजगारीको हक सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक संसदमा पेश गर्ने ।
४) निक्षेप तथा कर्जा सुरक्षण कोषको अध्यक्षमा महालेखा परिक्षक सुरेश प्रधानलाई तोक्ने ।
५) मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने प्रयोजनका लागि बुढानिलकण्ड क्षेत्रको ९ आना जग्गा अधिकरणका लागि स्वीकृति दिने ।
६) परराष्ट्र मालिम अध्ययन प्रतिष्ठान अध्ययन विकास समितिलाई पुर्नगठन गर्ने । जसमा डिल्लीराज घिमिरे, डा. खड्क केसी, प्राडा मिना बैद्य मल्ल, हरि फुयाल, हिमालय थापा, डा. शंकर शर्मा, भवानी राणा र लालबाबु यादबलाई ३ वर्षका लागि नियुक्त गर्ने ।
७) बोनस (चौथो संशोधन) नियमावली २०७५ स्वीकृत गर्ने ।
८) नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७