युवा–युवतीले कण्डम बोक्नु कुनै ठूलो कुरा होइन : गगन थापा


३० श्रावण २०७५, बुधबार
Gagan Thapa

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले कुनै युवा–युवती कण्डमसहित कोठामा भेटिनु कुनै ठूलो कुरा नभएको बताएका छन् ।

Gagan Thapa

गगन थापाले व्यस्क युवा–यवतीलाई प्रहरीले पक्राउ पक्राउ गर्दा परिवार नियोजनको साधन फेला पार्नुलाई गलत कामको रूपमा अर्थ्याएकोमा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । संसदमा प्रजनन स्वास्थ्यको अधिकारसम्बन्धी विधेयकमा छलफल गर्दै सांसद थापाले किशोर किशोरीलाई समाउँदै गर्दा परिवार नियोजनको साधान भेटिएको भनेर छापामा समाचार आउने र यसले आफूलाई आश्चर्य लाग्ने गरेको बताए ।

‘परिवार नियोजनको साधन भेटाउनु भनेको गलत क्रियाकलाप होइनन । सुरक्षाकर्मीहरूलाई यो ऐन आएको बताई दिनुहुन भन्ने आग्रह गर्दछु’, थापाले भने । सांसद थापाको आग्रहमा गृहमन्त्री रामबहादुर थापाले मुस्कुराउँदै टाउको हल्लाएर सहमति जनाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७