यस्ता छन् ‘मिस नेपाल युएसए’ का प्रतिष्पर्धीहरु (फोटो फिचरसहित)
टेक्सास, ३० साउन । ‘मिस नेपाल युएसए–२०१८’ मा १८ प्रतियोगी छन् । बिभिन्न चरणको प्रतिष्पर्धाबाट छानिएर यी प्रतियोगी अन्तिम चरणमा आउन सफल भएका हुन् ।
इभेन्ट प्लानेट इङ्कले इ–प्लानेट नेपालको सहकार्यमा सन् २०११ देखि आयोजना हुँदै आएको मिस नेपाल युएसएको यो छैठौं संस्करणमा हो । यसको अन्तिम प्रतिष्पर्धामा १९ अगष्टमा आयोजना हुँदैछ । अन्तिम चरणका लागि छानिएका प्रतियोगीहरु अहिले प्रशिक्षणमा छन् । यस्ता छन् मिस युएसएका प्रतियोगीहरु :-
अदीती श्रेष्ठ :-
अदीति नेपाल काठमाडौं घर भई हाल ओक्लोहामा राज्यमा बस्दै आएकी छन् । साउथ वेष्टर्न ओक्लोहामा युनिभर्सिटीमा कम्युटर विज्ञानमा स्नातक गरिरहेकी अदीतिले आफू भविष्यमा प्रोग्रामर बन्न चाहेको बताएकी छन् । ग्रामीण भेगमा रहेका बालबालिकाको सेवामा लाग्ने सोंच राखेकी उनी यस्ता प्रतियोगिताले एउटा अवसर सिर्जना गर्ने बताउँछिन् ।
आयशा ओझा :-
अमेरिकाको टेक्सस राज्यको डलास वरपरको नेपाली समुदायमा परिचित छिन् आयशा । यहाँ समुदायले गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउने मात्र नभई विभिन्न संघसंस्थामा उनी आबद्ध छिन् । नेतृत्वदायी रुपमा समेत सामाजिक कामहरुमा उनी सक्रिय देखिन्छिन् । टेक्सस, डलासकी ओझाले सोसल वर्कमा स्नातकोत्तर गरिरहेकी छन् । युवा उमेरमै सामाजिक सेवामा लागेकी उनी समाजमा अझ धेरै सेवाको काम गर्न सकौं भन्ने चाहना राख्छिन् ।
एन्जिला पौडेल :-
१९ वर्षीया एन्जिला युरो साइन्सकी विद्यार्थी हुन् । डरमाटोलोजी विषयमा थप उच्च शिक्षा लिने योजना बुनेकी उनी नेपालमा स्वास्थ्यको क्षेत्रमा काम गर्न चाहन्छिन् । नेपालको भाषा र संस्कृति नै परिचयको आधार भएको बताउने उनी यसबारे अमेरिकामा हुर्किरहेको पुस्तालाई बुझाउनु जरुरी ठान्छिन् ।
वर्षा बराल :-
वर्षा मोडलिङको दुनियाँमा नेपालमा परिचित धरान शहरकी हुन् । २ वर्ष अघिदेखि टेक्ससको डलासमा बस्दै आएकी उनी अमेरिकामा रहेका विद्यार्थी पुस्ताका लागि करियर काउन्सिलको काम गर्न चाहन्छिन् । नेपालमा समेत सामुदायिक सेवामा लाग्ने अठोट गरेकी उनी मिस नेपाल युएसएमा सहभागितालाई एउटा आधारको रुपमा लिन्छिन् ।
वियन्का अधिकारी :-
युनिभर्सिटी अफ स्टेफन अस्टिनबाट मार्के्टिङ विषयमा स्नातकोत्तर गरेकी अधिकारी टेक्सस फोटवर्थमा बस्दै आएकी छन् । अमेरिकामा रहेको नेपाली समुदाय र नेपालमा रहेका नेपालीको सेवामा लाग्ने सोंच राखेकी बताउने २२ वर्षीया उनी नेपाली महिलाको क्षेत्रमा काम गर्न अझ सक्रिय रहने बताउँछिन् ।
विना श्रेष्ठ :-
काठमाडौं घर भई हाल टेक्ससको अर्विङमा बस्दै आएकी छन् विना । सफ्टवेयर इन्जिनियरिङ उनी आफ्नो सपनालाई साकार पार्ने क्रममा यस यात्रामा अघि बढेको बताउँछिन् ।
दिलाशा न्यौपाने :-
समुदायको विकासमा लाग्ने सोंच राखेकी दिलाशा आफूलाई नेपाली महिला भनेर चिनाउँदा गर्व अनुभूति हुन सक्ने गरी अघि बढ्न चाहन्छिन् । मिस नेपाल युएसए अमेरिकामा रहेका नेपाली महिलाको निम्ति आफ्नो क्षमता देखाउने महत्वपूर्ण अवसर भएकाले आफू यसमा सहभागी भएको बताउँछिन् ।
लाक्पा याङ्चेन शेर्पा :-
नेपाल सोलुखुम्बुकी लाक्पा अमेरिकाको टेक्सस डेन्टनमा बस्दै आएकी छन् । ३ वर्षदेखि यहाँ रहेकी उनी युनिभर्सिटी अफ नर्थ टेक्ससमा साइकोलोजी विषय अध्ययन गरिरहेकी छन् । भविष्यमा साइकोलोजी विषयमार्फत नेपाली समुदायमा काम गर्ने उनको सोंच रहेको छ ।
सपना महर्जन :-
काठमाडौं नेपालकी महर्जन लुइसभिल टेक्ससमा बस्दै आएकी छन् । ३ वर्षदेखि अमेरिकामा बस्दै आएकी उनी बिजनेश एनलाइटिक्स एण्ड माइनर इन सोसल वर्कमा स्नातकोत्तर गरेरहेकी छन् । २४ वर्षीया महर्जनले नेपालका रहेका बालबालिकाको शिक्षाका लागि काम गर्ने सोंच राखेकी छन् ।
सपना गौतम :-
टेक्सस डलासमा बस्दै आएकी सपना सामुदायिक सेवामा सक्रिय रहन रुचाउँछिन् । मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई अवसर निर्माणको आधारका रुपमा बुझेको बताउने उनले हेल्थ केयरमा उच्च शिक्षा लिइरहेकी छन् ।
नेलिया गुरुङ :-
नेलियाले लामार युनिभर्सिटीबाट कम्प्युटर विज्ञानमा स्नातकोत्तर गरेकी छन् । आफू अध्ययनरत रहेको युनिभर्सिटीमा नेपाली विद्यार्थीको संस्थाको उपाध्यक्ष भएर काम गरेकी बताउने उनले अमेरिकामा नेपाली विद्यार्थीले भोग्नुपर्ने समस्या र करियर काउन्सेलिङको क्षेत्रमा युवालाई केन्द्रित गरी काम गर्ने सोंच आफ्नो रहेको बताउँछिन् ।
पोशा थापा :-
नेपाल स्याङ्जा घर भएकी उनी ४ वर्षको उमेरमै युएसए आएकी थिइन् । टेक्सस टेक युनिभर्सिटीबाट नर्सिङ विज्ञानमा स्नातकोत्तर गरिरहेकी पोशा विद्यावारिधी सक्ने बताउँछिन् । युवा पुस्ताका लागि सक्रिय रहने सोच राखेकी थापा करियर बिल्डिङमा समेत यस्ता कार्यक्रमले सहयोग पुर्याउने जनाउँछिन् ।
शुसना पोखरेल :-
शुसना अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । भविष्यमा चिकित्सक बन्ने सपना बुनेकी उनी त्यसका लागि बायोलोजीमा विषय अध्ययनमा लागेकी छन् । युवाको क्षमता अभिवृद्धिमा यस्ता कार्यक्रम सहयोगी बन्ने बताउने उनी आफ्ना लागि समेत अवसर भएको बताउँछिन् ।
कृति ढुङ्गेल :-
कृति अमेरिकाको कोलोराडो राज्यमा बस्छिन् । एनले न्युटे«शन एण्ड माइनर इन बायोलोजी एण्ड केमेष्ट्रीमा टेक्सस टेक युनिभर्सिटी टेक्ससबाट ब्याचलर गरेकी छन् । भविष्यमा न्युट्रेशन र डाइटिनमा रहेर ननपरफिट अर्गनाइजेशनमार्फत काम गर्ने सोच राखेकी उनले पब्लिक हेल्थमा क्यारियर खोज्ने सोंचेकी छन् । मिस नेपाल युएसएजस्ता कार्यक्रम प्रतिभा देखाउने प्लाटफार्म हुने उनलाई लागेको छ ।
सुकृति ढुङ्गेल :-
अमेरेकामै जन्मिएर हुर्किएको नेपाली युवापुस्ताको एउटा प्रतिनिधि पात्र हुन् स्वीकृती । १९ वर्षीया सुकृति नर्थ क्यारोलिनामा बस्छिन् । उनले युनिभर्सिटी अफ नर्थ क्यारोलिनावाट प्रि ल गरिरहेकी छन् । उनी नेपाली समुदाय र अझ युवापुस्तालाई विभिन्न रुपमा स्वयंसेवी रुपमा सेवा गरिरहेकी बताउँछिन् । नेपाली समुदायसँग जोडिन मिस नेपाल युएसएको सहभागिताले पुलको काम गरेको बताउँछिन् ।
श्रेया नेपाली :-
श्रेयाले युनिभर्सिटी अफ आर्लिङ्टन टेक्ससमा कम्प्युटर इनफरमेशन विषयमा स्नातक गरिरहेकी छन् । टेक्सस डलासमा बस्दै आएकी नेपाली मिस नेपाल युएसएमा आफ्नो सहभागितालाई सिक्ने अवसरको रुपमा लिन्छिन् । नेपालमा धेरै बालबालिकाले पढ्न पाइरहेका छैनन् उनीहरुका लागि केही गर्न सके त्यो आफ्ना लागि ठूलो विषय हुने उनी बताउँछिन् ।
सुजना रुपाखेती :-
रुपाखेतीले ओक्लोहमाको क्यारोन युनिभर्सिटीबाट बायोलोजी एण्ड माइनर इन केमेष्ट्री र गणितमा स्नातक सकेकी छन् । नेपाल मकवापुर घर भएकी उनी २०१४ देखि युएसएमा छिन् । उनले मेडिसिन क्षेत्रलाई नै आफ्नो भविष्य बनाउने सोंच राखेकी छन् । मिस नेपाल युएसएमा आफ्नो सहभागिता एउटा अवसर भएको बताउने उनी आफूले पछि समुदायमै काम गर्ने बताउँछिन् ।
स्वीकृति भट्टराई :-
फेवातालको शहर पोखराकी हुन् भट्टराई । भविष्यमा फिजिसियल बन्ने लक्ष्य बोकेकी १९ वर्षीया यिनले आफू विगतमा नेपाल रेडक्रस सोसाइटीमार्फत सामाजिक सेवामा सक्रिय भएको बताउँछिन् । महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने सोंचेकी स्वीकृति मिस नेपाल युएसए आफूलाई चिनाउन पाउने आधार भएको बताउँछिन् ।