मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान विशेष योगदान गर्छु : डा. अजयक्रान्ति शाक्य


२२ कार्तिक २०७४, बुधबार
Ajay crinti Sakya

वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ९ ‘क’बाट प्रदेशसभाका उम्मेदवार  डा. अजयक्रान्ति शाक्य काठमाडौँको लगनटोलमा जन्मिएका हुन् । लुम्बिनी विकास कोषका सदस्य समेत रहिसकेका शाक्यले लुम्बिनी विश्वविद्यालयको सिनेटरको भूमिका पनि निर्वाह गरिसकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रधानमन्त्रीको विज्ञान, प्रविधि, सामाजिक, सांस्कृतिक तथा विकास सल्लाहकारको रूपमा पनि उनले काम गरेका छन् । शाक्यले वुद्धिज्ममा विद्यावारिधी गरेका छन् । उनले भूगर्भ-भौतिक शास्त्र, अर्थशास्त्र, सामाजिकशास्त्र र संगीतमा स्नातकका साथै थप तीन विषयमा स्नातकोत्तर गरेका छन् । निर्वाचनका सन्दर्भमा उनीसँग विकास योजना, चुनाव जित्ने आधार र समसामयिक राजनीतिबारे केन्द्रित भएर गरिएको कुराकानीःAjay crinti Sakya१. पछिल्लो समय राजनीति पहुँचवालाहरुको पहुँचभित्र मात्रै रह्यो भन्ने आरोप लाग्ने गरेको छ, तपार्इलाई त्यस्तो लाग्दैन ? 
राजनीतिमा लाग्दा केही पाउँछु भनेर लाग्ने हाेइन् । आफ्नो व्यक्तिगत स्वार्थ लिएर लाग्यो भने त्यस्ता नेता–कार्यकर्ताहरू विकृत हुन्छन् । उनीहरूबाट जनताले धेरै अपेक्षा पनि गर्न सक्दैनन् ।  तपार्इंले भनेको कुरा एक हदसम्म ठिक पनि छ । तर यस्तो स्वाभाव भएका व्यक्तिका नेता–कार्यकर्ताका सीमित समयका लािग मात्र हुन्छन् ।
राजनीतिका माध्ययमबाट  समाज सेवा गर्न, देश र जनताका लागि बलिदान दिन तयार भएर धैर्य पूर्वक राजनीतिमा लाग्नेका लागि त्यो हुँदैन । पार्टीले पनि त्यस्ता व्यक्तिहरूले गरेको कार्यको मूल्याकंन गर्छ जस्तो मलाई लाग्दछ ।

२. चार वटा विषयमा स्नातक, तीन वटा विषयमा स्नातकोत्तरसँगै विद्यावारिधी  गरिसक्नु भएको छ, राजनीति नगरेर त्यही क्षेत्रबाट पनि त देशको सेवा गर्न सकिन्थ्यो होला नि ?
राजनीतिका क्षेत्रबाट मात्र हैन मैले आफ्नो क्षमता र योग्यता अनुसार विभिन्न क्षेत्रबाट पनि देश र जनताका लागि सक्दो योगदान गर्दै आएको छु । मेरो यही योग्यता र क्षमतामाथि विश्वास गरेर नै पार्टीले मलाई  टिकट दिएको हो ।

जनताको मुहारमा खुसी छर्न सक्ने क्षमता भएको व्यक्ति डा. अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् ।

३. तपार्इकाे क्षेत्र विकासको योजना के छ ?
निश्चय पनि, मलाई पार्टीले टिकट दियो । अब माननीय बन्ने हो भनेर लहडमा कुद्ने कुरा हुँदैन ।  पार्टीले पनि म माथि निकै ठुलो विश्वास गरेर जिम्मेवारी दिएको हो । त्यसैले मैले चुनाव जितेपछि सबै भन्दा पहिला आफ्नो क्षेत्र, त्यसपछि जिल्ला र समग्र देशकै लागि के–के गर्ने सकिन्छ ती योजनाका साथ नै उम्मेदवार बनेको हुँ ।
देशमा अब राजनीतिक क्रान्ति पूरा भएको छ । अब मुलुकलाई समृद्धितर्फ दो¥याउनु पर्ने जिम्मेवारी सबै राजनीतिक दलको काँधमा आएको छ । कुनै दलबाट टिकट लिएर उम्मेदवार बनेपछि केही प्रष्ट योजनाहरू ल्याउन सक्नुपर्छ । मुलुकमा राजनीतिका नाममा धेरै विकृति–विसंगतिहरु भित्रिएका छन् । मुलुक अराजकतातिर उन्मुख भइरहेको हो कि भन्ने अनुभूति जनताले गर्न थालेका छन् । हामीले माथिदेखि तल्लो तहसम्म देखा परेका विकृतिहरुको अन्त्य गर्न जरुरी छ । झन् नयाँ पुस्तामा देशमा देखिएका विकृतिले धेरै नैराश्यता छाइसकेको छ । अधिकांश युवा अवसरका लागि विदेशीन बाध्य भएका छन् ।  यी सबै कुराको न्युनिकरण गरेर मुलुकलाई आर्थिक समृद्धितर्फ लान आवश्यक छ । म यसमा दिलोज्यान दिएर लाग्ने छु । हामीले हाम्रो घोषण पत्रमा सर्वै कुरा उल्लेख गरेका छौं।
४. तपार्इ काठमाडौँको सांस्कृतिक र धार्मिक महत्वको क्षेत्रबाट उम्मेदवार बन्नु  हुँदै गर्दा के छ योजना  ?
निश्चय पनि काठमाडौँ धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पुरात्वात्कि महत्वको जिल्ला हो । यहाँका सांस्कृतिक धरोहरको संरक्षण तथा प्रर्वद्धन गर्दै यस क्षेत्रलाई हेरिटेज संरक्षण क्षेत्रका रूपमा स्थापित गर्नेछु । साथै यस क्षेत्रलाई स्मार्ट क्षेत्रका रूपमा विकास गर्नेछु ।
यस्तै काठमाडौँ देशको राजधानी पनि हो । त्यसैले यहाँको विकासले देशको चित्र कोरेको हुन्छ । यही हेरेर समग्र देशको मूल्याङ्कन गरिन्छ । त्यसैले यो क्षेत्रको विकास भनेको देशको विकास हो ।म धेरै भाषण गर्ने, जनतालाई बढी भन्दा बढी आश्वासन दिने र अन्त्यमा केही नगर्ने स्वाभावको व्यक्ति होइन । जति गर्न सकिन्छ त्यति मात्र बोल्नुपर्छ भन्ने मेरो मान्यता छ ।
एक पटक चुनाव जितेपछि आफ्नो रहर पूरा भयो भनेर हिँड्ने हो भने जे भन्दा वा बोल्दा हुन्छ । तर, मेरो त्यो ध्यय नभएकाले सक्ने कामको मात्र आश्वासन दिने हो । हामीले हाम्रो घोषणा पत्रमा उल्लेख गरे वमोजिमका कामहरू मुलुकलाई आर्थिक समृद्धितर्फ लान विशेष योगदान दिनेछु ।
५. तपार्इले चुनाव जित्ने आधार के छ  ?
अहिले वाम गठबन्धन यहाँ मात्र होइन मुलुकभरी नै छ । पहिला एमाले एक्लै लड्दा पनि यो क्षेत्रमा शक्तिशाली नै थियो । त्यसमा अहिले झन् माओवादी पनि थपिएको छ ।हामीले स्थानीय निर्वाचनलाई आँकलन गर्ने हो भने पनि हामी अहिले मुख्य प्रतिष्पर्धी दल नेपाली काँग्रेस भन्दा निकै माथि छौँ ।चुनाव जित्ने मेरो यो पहिलो आधार हो ।
दोस्रो, म यहीको स्थानीय व्यक्ति हुँ ।  यही क्षेत्रको विद्यालयमा अध्ययन गरेँ । मैले यही क्षेत्रका बाटा–घाटामा बाल्यकाल विताए । मैले यहाँका जनताको दुःख, सुखलाई राम्ररी बुझेको छु । यहाँको धर्म, संस्कृति, रिति–रिवाजका बारेमा जानकार छु । यहाँको विकास कसरी गर्नुपर्छ त्यो पनि राम्ररी थाहा छ । त्यति मात्र होइन, मैले मेरो तर्फबाट निरन्तर रूपमा सक्दो समाजसेवा गर्दै आएको छु । यी सबै मेरा जितका आधार हुन् । यहाँका जनताको मुहारमा खुसी छर्न सक्ने क्षमता भएको व्यक्ति डा. अजयक्रान्ति शाक्य नै हो भन्ने यहाँका जनताले राम्ररी बुझेका छन् । मेरो विज्ञता पनि यहाँको विकासमा सहयोगी बन्ने अपेक्षा गरेको छुृ  । त्यसैले चुनाव जित्नेमा ढुक्क छु । मैले मात्र होइन प्रदेशको क र  ख दुवैबाट शानदार विजयी प्राप्त हुन्छ भन्नेमा ढुक्क छौँ ।

Ajay criti
जेष्ठ नागरिकसँग चुनावी अभियानका क्रममा डा. अजयक्रान्ति शाक्य ।

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७