अब कतार जान एक पैसा पनि नलाग्ने, कतारले सरकारीस्तरमै कामदार लैजाने


३० श्रावण २०७५, बुधबार
Gokarna Bista

काठमाडौं, ३० साउन । के तपाई रोजगारीका लागि कतार जाने सोंचमा हुनुहुन्छ ? यदि हो भने तपाईका लागि खुशीको खबर । रोजगारीका लागि कतार जान एक रुपैंयाँ पनि तिर्न नपर्ने भएको छ ।

Gokarna Bista

श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार गरिरहेको जानकारी गराएका छन् । आज संसदको उद्योग वाणिज्य, उपभोक्ता तथा श्रम समितिमा मन्त्री बिष्टले यसका लागि कतारसँगको छलफल अन्तिम चरण पुगेको बताएका छन् ।

उनकाअनुसार यसका लागि कतारसँग नयाँ सम्झौता गर्ने तयारी भइरहेको छ । अहिले पनि कतारमा जाने श्रमिकका लागि फ्रि भिसा र टिकेटको प्रावधान लागू छ । तर, कार्यान्वयन भएको छैन । म्यानपावर व्यवसायीहरुले रोजगारीका लागि कतार जानेहरुबाट एक लाख रुपैंयाँ भन्दा माथि रकम खसुली रहेका छन् ।

अब भने सरकारले विशेष व्यवस्थामार्फत नै कतारसँग श्रमिक पठाउने प्रवन्ध गर्न लागेको हो । ‘कतार जाने श्रमिकका लागि विशेष व्यवस्था गर्न हाम्रो प्रयत्न जारी छ । केही समयभित्रै मजदुरले एक रुपैयाँ पनि नतिरी सजिलो प्रक्रियामार्फत कतार जाने व्यवस्था गर्न लागिरहेका छौं,’ बिष्टले भने,’ त्यसको लागि सम्झौताको तयारी अन्तिम चरणमा छ । यता कतारले पनि सरकारीस्तरबाटै नेपाली कामदार लैजानका लागि इच्छा प्रकट गरेको छ । यसका लागि उसले नेपालमा कार्यालय नै खोल्ने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७