ज्ञवाली पुनः पुनर्निर्माण प्राधिकारणको सिईओ नियुक्त


३० श्रावण २०७५, बुधबार
susil gyawali 5

काठमाडौं, ३० साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुशील ज्ञवाली नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्राधिकरणको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

susil gyawali 5

ज्ञवाली यसअघि पनि प्राधिकरणको सिईओ भइसकेका हुन् । उनलाई अघिल्लो पटक ओली सरकारले नै प्राधिकरणको सिआईओ बनाएको थियो । तत्कालीन एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर बनेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले उनलाई सिईओबाट हटाएको थियो ।

आफूलाई हटाउने प्रचण्ड सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गर्दै उनी अदालत गएका थिए । तर, उनको मुद्दामा अन्तरिम आदेश भएन । त्यसयता दुई वटा सिआईओ बदलिए पनि ज्ञवालीको मुद्धाको सुनुवाई भएको छैन । मुद्दा अझै सर्वोच्चमा विचाराधीन रहेको छ । अब सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा रहेको बताइन्छ ।

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनस्र्थापनाका लागि गठन भएको प्राधिकरणमा सुरुमा गोविन्दराज पोखरेल सिईओ थिए । केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई ल्याएको थियो ।

ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकार बनेपछि पोखरेल नै पुनः प्राधिकरणको सीइओ भएका थिए । संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेद्वार बन्ने भएपछि पोखरेलले राजीनामा दिएका थिए । पोखरेलले राजीनामा दिएपछि पूर्व प्रशासक युवराज भुसाल प्राधिकरणको सिईओ बने । तर, वर्तमान सरकारले केही दिनअघि उनलाई प्राधिकरण प्रमुखबाट हटाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७