११ वर्षे बालकले ह्याक गरिदिए अमेरिकाको निर्वाचन वेवसाइट


३० श्रावण २०७५, बुधबार
us boy

काठमाडौं, ३० साउन । एक ११ वर्षीय बालकले अमेरिकाको फ्लोरिडास्थित निर्वाचनको वेबसाइट ह्याक गरिदिएका । उनले १० मिनेटमै निर्वाचनको साइट ह्याक गरिदिएका हुन् ।

us boy

उनले एक ह्याकर सम्मेलनमा आफ्नो कला देखाएका हुन् । अमेरिकाको निर्वाचनको विषयमा विभिन्न किसिमको आशंकाहरु उत्पन्न भइरहेका बेला यस किसिमको विवरण सार्वजनिक भएको हो । मंगलबार सार्वजनिक गरिएको विवरणअनुसार यस किसिमको वेबसाइट गर्न सक्ने ३५ बालबालिकाहरुमध्ये उक्त बालकले सबैभन्दा छिटो सो वेबसाइट ह्याक गरेका हुन् ।

यो सम्मेलनमा ५ वर्षदेखि १७ वर्षसम्मका बालबालिकाहरु सहभागी भएका थिए । यो सम्मेलन अमेरिकाको निर्वाचनको संरचनाहरुको परीक्षणको लागि आयोजना गरिएको थियो । यस विषयमा अमेरिकाको सम्बन्तित निकायले भने यो कार्यक्रमको उद्देश्यको प्रशंसा गरेको छ । यद्यपि उसले यो परीक्षणको भन्दा थप केही सुरक्षा उक्त प्रणालीमा रहेको दाबी गरेको छ ।

अधिकारीहरुले अमेरिकाको यो प्रणाली ह्याक गर्न निकै कठिन रहेको बताएका हुन् । अमेरिकका राज्यहरुमा मध्यावधि निर्वाचनको तयारी भइरहेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । आगामी नोभेम्बर महिनामा अमेरिकाको निर्वाचनमा रुसको भूमिका महत्वपूर्ण हुनसक्ने भन्दै विश्लेषकहरुले चेतावनी दिइरहेका छन् । उक्त आयोजनाका सहभागीहरुले पार्टीको नाम परिवर्तन गर्नुका साथै १२ अर्ब फर्जी भोटहरु देखाएका थिए । (एजेन्सी)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७