डा केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग


२२ कार्तिक २०७४, बुधबार
dr gobindra kc डा.केसी

काठमाडौं: प्रा डा गोविन्द केसी समूहले बुधबार शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ ।मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय सार्वजनिक भएकाले त्यसको यथार्थ सूचना उपलब्ध गराउन शिक्षा सचिवलाई सम्बोधन गरी निवेदन दिइएको हो ।dr gobindra kc डा.केसी

संविधानको २७ को सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकबमोजिम सूचना उपलब्ध गराउन डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र विनोद अर्यालको संयुक्त हस्ताक्षर गरिएको निवेदन दिइएको डा सिंहले जानकारी दिए ।

उहाँहरुले सम्बन्धन दिने सम्बन्धमा मन्त्रालयले काउन्सिललाई लेखेको पत्र, सम्बन्धनबारे सर्वोच्च अदालतको आदेश, उक्त कलेजको मुद्दाका सम्बन्धमा मन्त्रालयसँग भएका कागजात, मन्त्रालयबाट भएको टिप्पणीबारे फाइलमा भएका सबै कागजात र यस प्रकरणसम्बन्धी निर्णय प्रक्रियामा संलग्न अधिकारीको नाम, पद र जिम्मेवारीबारे मन्त्रालयसँग सूचना माग गरेका छन्।

मन्त्रालयले उक्त कलेजलाई सम्बन्धन दिन पत्र पठाएपछि डा केसीले गत सोमबार पत्रकार सम्मेलन गर्दै नियम विपरीत भएको भन्दै आपत्ति जनाउएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७