काँग्रेसले उपेन्द्रलाई नसघाउने


२२ कार्तिक २०७४, बुधबार
Upendra Yadav

काठमाडौं: सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काँग्रेसले नसघाउने भएको छ ।
बुधवार राजबिराजस्थित काँग्रेसको पार्टी कार्यलयमा बसेको बैठकले यादवलाई सहयोग गर्न नसक्ने निणय गरेको हो ।

Upendra Yadav
यादवको क्षेत्र सप्तरी २ मा काँग्रेसका सकलदेव सुतिहारको उम्मेदवारी फिर्ता लिन दिएको निवेदन ढिलो भएका कारण फिर्ता लिन नमिल्नेभएपछि काँग्रेसले यादवलाई समर्थन गर्न नसक्ने भएको हो ।
उम्मेदवारी फिर्ता लिन नमिल्ने भए पनि काँग्रेसले यादवलाई समर्थन गर्ने काँग्रेसका उम्मेदवारले प्रचारप्रसार नगर्ने सहमति भएको थियो । तर, अब सहमति उल्टिएको छ । काँग्रेसले प्रतिनिधिसभातर्फ पनि आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेको छ ।
यस अघि काँग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो ।
बैठकले क्षेत्र नमबर २ को (क) का उम्मेदवार महानन्द यादवले पनि क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवारको लागि मत माग्ने र प्रचारप्रसार कार्यमा सहयोग गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७