नेपाल रेल्वेको जग्गा अनधिकृत किनबेच


३१ श्रावण २०७५, बिहीबार
Jaynagar reel

काठमाडाैं, ३१ साउन । बाराको विभिन्न स्थानम रहेके नेपाल रेल्वेको सरकारी जग्गाहरु अनधिकृत रुपमा किनबेच हुन थालेको छ ।आजको कारोवार दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।

अन्य क्षेत्रमा जग्गाको मुल्य आकासिएपछि रेल्वेको जग्गा हेरविचार गर्ने निकाय नहुँदा सरकारी जग्गा व्यक्तिले नै किनबेच गर्न थालेको पाईएको हो ।

रेल्वेका लिकहरुमा दैनिकजसो मेलाजस्तै लाग्ने गरेको र सोही भीडमा जग्गाको खरीद विक्रीको हुने गरेको पाईएको छ ।

अतिक्रमित रेल्वेको कतिपय जगा जिल्लास्थित नापी र मालपोतजस्ता सरकारी अड्डाबाट जग्गा दलाले कागजात मिलाई नम्बरी बनाएर विक्री भईरहेको पाईएको छ भने धेरैजसो जग्गा एैलानी विक्री भएको पाईन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७