मोरङ- १ वाम उम्मेदवार खतिवडा भन्छन्,’पहिले मन जितेँ अब चुनाव जित्छु’


२२ कार्तिक २०७४, बुधबार
ghanshyam khatiwada घनश्याम खतिवडा

उर्लाबारी : २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा नेकपा(एमाले)बाट उम्मेदवार बन्नेका घनश्याम खतिवडा त्यतिबेलै निकै चर्चामा आएका थिए । सो निर्वाचनमा नेपाली काँग्रेसका डिगबहादुर लिम्बुसँग पराजित भएका खतिवडा स्पष्ट बक्ता र स्थानीस्तरमा लोकप्रिय भएकै कारण चर्चामा थिए ।

ghanshyam khatiwada घनश्याम खतिवडा
दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भए पनि खतिवडा साविक ९ नम्बर क्षेत्रमा निरन्तर क्रियाशील रहेकै कारण स्थानीयस्तरमा उनको लोकप्रियता थप चुलिएको छ । प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनबाट मोेरङ १ बाट साझा उम्मेदवार हुन् । उनको प्रतिष्पर्धीमा पुन : डिकबहादुर लिम्बु नै रहेका छन् ।
खतिवडाको जन्म २०१८ साल कार्तिक १२ गते पूर्वी पहाडी जिल्ला ताप्लेजुङस्थित साविक नाङ्खोल्याङ–४ मा भएको थियो । २०४९ र २०५४ सालमा गरी दुई पटक लेटाङ गाविस अध्यक्षमा निर्वाचित खतिवडास्थानीय निकायको विकास निर्माणमा राम्रै अनुभव बटुल्ने नेताका रूपमा चिनिन्छन् । खतिवडा सहकारी अभियन्ता रहेर सहकारी क्षेत्रमा गरेको कामका कारण चर्चित छन् । उनको शालिन स्वभाव, मिजासिलो व्यवहार, आकर्षक व्यक्तित्वका साथै तार्किक भाषणले पनि सबैको मनमा उनी बसेका छन् । विगतको दोस्रो संविधानसभा निर्वाचनताका मतदातासँग गरेको भेटघाट तथा छलफल र अन्तरक्रियाले पनि आफूलाई थप अनुभव प्राप्त भएको बताउने खतिवडा अहिले झन् बामपन्थीबीचको एकताले सहज भएको बताउँछन् । उनी भन्छन् – पहिले जनताको मन जिते अब डिकबहादुरलाई हराएर चुनाव जित्छुँ ।
खतिवडा राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक समस्याहरू हल गर्ने आफ्नो महत्त्वपूर्ण भूमिका रहने सुनाउँछन् । रोजगारी सृजनाका लागि वातावरणको निर्माण, लगानीकर्ताहरुको लागि अनुकूल वतावरण, उत्तरी मोरङलाई पर्यटकीय गन्तव्य केन्द्रको विकास, कृषिको आधुनिकीकरण, कृषि पेसामा ब्यवसायीकरणमा ध्यान दिने खाका बनाएका छन् । श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास अर्काे योजना हो । आजको पुस्तालाई समाज र राष्ट्रका निम्ति जिम्मेवार बन्न प्रेरित गर्ने अभिष्ट लिएका छन् खतिवडाले । स्वास्थ्य, शिक्षा, रोजगारको ग्यारेण्टी तथा मुख्य गरी कृषि, धार्मिक पर्यटनको विकास तथा वेरोजगार युवाहरूको लागि रोजगारी सृजना गर्न सीपमूलक तथा दक्षता अभिवृद्धि लगायतका विषयहरूमा देखिएका नीतिगत कुराहरूको समाधानका लागि नीति निर्माणको तहबाट वातावरण बनाउन लागि पर्ने खतिवडाले प्रतिबद्धता जनाएका छन् । आफ्नो क्षमता र अनुभवहरुलाई सकारात्मक र विवेकपूर्ण ढङ्गबाट प्रयोग गरी पूर्वी उत्तरी मोरङलाई १ नम्बर प्रदेशको नमुना क्षेत्र बनाउने उनको प्रथामिकतामा रहेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच वाम गठबन्धनबाट चुनावमा होमिएका खतिवडाले आफ्नो विजय सुनिश्चित नै भएको बताए । स्थानीय तहको निर्वाचनमा वडागत परिणामलाई हेर्ने हो भने क्षेत्र नं. १ मा काँग्रेसभन्दा एमाले ५ सय ८२ मतले बढी देखिन्छ । ३७ वटा वडामा एमालेको कुल मत २४ हजार २ सय ८ छ भने काँग्रेसको २३ हजार ६ सय २६ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रको कुल ८ हजार ९ सय ६२ मत एमालेमा गाभिनेछ । यसरी काँग्रेसभन्दा बाम गठबन्धन झन्डै ९ हजार मतले अगाडि आउने आंकलन गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७