वृद्ध भत्ता बढ्ने आश गरिरहेका बेला उल्टै काटियो


३१ श्रावण २०७५, बिहीबार
brida

मुगु, ३१ साउन । देशभरका ज्येष्ठ नागरिकले वर्तमान सरकारले आफूहरुको वृद्ध भत्ता बढाई दिए हुन्थ्यो भनेर आश गरेर बसिरहेका छन् । तर, उनीहरुको यो आश तत्काल पूरा हुने छाँट छैन ।
चुनाव जितेपछि वृद्धभत्ता बढाउँछौं भन्ने जनप्रतिनिधिले अहिले त्यही भत्ताबाट कर उठाउन थालेपछि मुगुका ज्येष्ठ नागरिक आक्रोशित बनेका छन् ।

brida

भत्ता बढ्ला भनेर आश गरेका नागरिक भत्ताबाटै कर असुलिएपछि निरास भएका छन् ।
मुगुको मुगुम कार्मारोङ गाँउपालिकाका–९ वटै वडाले नागरिकबाट उठाउनुपर्ने विभिन्न शीर्षकका कर सामाजिक सुरक्षा भत्ताबाटै काट्ने गरेका हुन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालबालिकाकाका लागि सामाजिक सुरक्षाबापत वितरण हुने भत्ता रकममा काट्न थालिएको हो ।

स्थानीय च्याबा तामाङले भने, ‘कर दोब्बर बढेको छ, हातमुख जोड्नै मुस्किल हुनेले अब कसरी कर तिर्ने ? धेरैले बढेको कर तिर्न नसक्ने अवस्था छ, यही भएर होला गाउँपालिकाले करको रकम हामीले पाउने भत्ताबाट कटाउने गरेको छ ।’ जग्गाको तिरो, एकीकृत सम्पत्ति कर र विभिन्न सेवा सुविधा प्रयोग गरेबापतको कर गाउँपालिकाले सामाजिक सुरक्षा भत्ताबाट कटाएर असुल्ने गरेका हुन् ।

‘आँगनमै सरकार आयो, दैलोमै सरकारी सुविधा पाउने आश थियो’, मुगुम कार्मारोङ–२ का च्याबाले गुनासो गर्दै भने, ‘पाएको सुविधा पनि काट्न थाले । गाउँपालिकाले हरेक क्षेत्रमा कर उठाउन सामाजिक सुरक्षा भत्ताबाट कटाउने गरेको छ ।’ भत्ता रकम कटौती गर्न नपाइने भए पनि घरधुरी यकिन गर्न यस्तो गरिएको दाबी गाउँपालिकाको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास रिजालले अब यसरी कर नकाट्ने बताएका छन् । मुगुमा साविकका २४ वटा गाविस गाभेर एउटा नगरपालिका र ३ गाँउपालिका बनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७