मेसीको कप्तानीमा बार्सिलोनालाई अर्को उपाधी


३१ श्रावण २०७५, बिहीबार
Messi addressed the Nou Camp

काठमाडौं, ३१ साउन । अर्जेन्टिनी स्टार लियोनल मेसीको कप्तानीमा बार्सिलोनाले अर्को उपाधी उचाल्न सफल भएको छ । सोमबार मात्रै ३२ औं संस्करणको ‘स्पेनिस सुपरकप’ जितेको बार्सिलोनाले ‘जोन गेम्पर ट्रफ्री’को उपाधि जितेको हो ।


बुधबार राति भएको खेलमा बार्सिलोनाले अर्जेन्टिनाका बोका जुनियर्सलाइ ३–० गोल अन्तरले हराउँदै जोन गेम्पर ट्रफ्री जितेको हो ।

नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनालाई जिताउन मेसी, माल्कोम, रिफान्हाले एक–एक गोल गरे । पहिलो हाफमै दुई गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खेलको १८ औं मिनेटमा माल्कोमले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । यसै सिजन क्लब आएका माल्कोमको डेब्यू गोल हो ।


यस्तै खेलको ३९ औं मिनेटमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रतामा पुर्योए । दोस्रो हाफको ६७ औं मिनेटमा रिफान्हाले गोल गर्दै बार्सिलोनालाई ३(० को सहज जित दिलाए ।
स्पेनिस ला लिगाको नयाँ सिजन अघि बार्सिलोनाले मैत्रीपूर्ण फुटबल अन्तर्गत जोन गेम्पर ट्रफ्रीको आयोजना गर्ने गर्छ ।


नियमित कप्तान एन्द्रेस इनइस्टाले क्लब छाडेपछि बार्सिलोनाले नयाँ सिजनका लागि लियोनल मेसीलाई कप्तानको जिम्मेवारी दिएको छ ।

याे पनि पढ्नुहाेस्
मेसीको कप्तानीमा बार्सिलोनाले जित्यो स्पेनिस सुपरकप
आफ्नैसँग हारेका ‘अभागी’ लियोनेल मेस्सी
मेसी : जोसँग अरबौं मानिस एकैसाथ खुसीले उफ्रिए


प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७