विपन्न नागरिकलाई सरकारले आवास सुविधा दिने


३१ श्रावण २०७५, बिहीबार
garib

काठमाडौं, ३१ साउन । जति नै विपन्न भए पनि मान्छेले एउटा सानो भए पनि आफ्नै घरको सपना देखेको हुन्छ । तर, आर्थिक अवस्थाकै कारण धेरैको यो सपना पूरा नभई जीवन जान्छ । तर, अब सरकारले विपन्नहरुलाई पनि घरविहीन बन्न नदिने भएको छ ।

garib

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा ‘आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ ।

सरकारले संविधानको मौलिक हक कार्यान्वयन गर्न विधेयक बनाएको हो । आवासविहीनको विवरण संकलन, उनीहरूलाई परिचयपत्र उपलब्ध गराउने, बस्ती विकास गर्ने, आवास उपलब्ध गराउने, अस्थायी आवास तथा पुनर्वास व्यवस्था गर्ने प्रस्ताव विधेयकमा गरिएको छ । ‘नेपाल सरकार, प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरी स्रोतसाधनका आधारमा आवासविहीन व्यक्ति तथा परिवारलाई प्राथमिकीकरण गरी आवास सुविधा उपलब्ध गराइनेछ,’ विधेयकमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७