किताव किन्न निस्किएका शिक्षक वेपत्ता


३१ श्रावण २०७५, बिहीबार
fuyal 1582018043631

काठमाडौं, ३१ साउन । टोखा नगरपालिका–१ स्थित बौडेश्वर उच्च माध्यमिक विद्यालयका शिक्षक लक्ष्मण फूँयाल तीन दिनदेखि वेपत्ता भएका छन् ।

fuyal 1582018043631

शिक्षा सेवा आयोगको परीक्षाका लागि माध्यमिकस्तरीय पुस्तक किन्न भनी सोमबार साँझ तार्केश्वर नगरपालिका–२ काभ्रेस्थलीमा रहेको घरबाट भोटाहिटी जान्छु भन्दै निस्केका फूँयाल सम्पर्कविहीन भएको उनका आफन्तले जनाएका छन् ।

उनी बौडेश्वर उमाविको प्रावि तहका स्थायी शिक्षक हुन् । शिक्षक फुयाल चढेको बा ८ ५प ९३३६ नम्बरको मोटरसाइकल भने प्रहरीको सहयोगमा मंगलबार चितवन नजिकै जलबीरे भन्ने ठाउँमा भेटिएको उनका भिनाजु पूर्णप्रसाद तिम्लसिनाले जानकारी दिएका छन् । मोटरसाइकल उपत्यका बाहिर फेला पर्नुले घटना झन् शंकास्पद भएको भन्दै आफन्तजनले छिटो खोजी गरिदिन आग्रह गरेका छन् । बालाजु प्रहरी वृत्तले भने निरन्तर खोजी भइरहेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७