सरकारी कार्यालय शनिबार पनि खुल्ने, भोलिदेखि नै लागू हुँदै


३१ श्रावण २०७५, बिहीबार
Karmachari

दाङ, ३१ साउन । जिल्ला प्रशासन कार्यालय दाङले विदाको दिन पनि कार्यालय सञ्चालन गर्न लागेको छ ।

Karmachari

सेवाग्राहीलाई सेवा दिनको लागि हप्ताको सातै दिन कार्यालय सञ्चालन गर्न लागेको हो । भदौ १ गते (भोलि) देखि लागू हुने गरी जिल्ला प्रशासन कार्यालय शनिबार पनि खुल्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी गराए ।

स्वयमवी रुपमा शनिबार विहान ११ बजेदेखि २ बजेसम्म जिल्ला प्रशासन कार्यालय सञ्चालन गरिने श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७