‘नारायण नदीले गाँस र त खोस्यो–खोस्यो, अहिले झन त्रास दिइरहेको छ’


१ भाद्र २०७५, शुक्रबार
1530516747671 BK Dang 20180702 n

नवलपुर, १ भदौं । वर्षेनी वर्षातको समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ ।

1530516747671 BK Dang 20180702 n
aaO{ gbLdf af9L 3f]/fxL¬–ndxL ;8sv08 cGtu{t aaO{ gbLdf ;f]daf/ cfPsf] af9L . laxfgb]lv gbLdf cfPsf] af9Ln] ubf{ oftfoft ;~rfngdf cfpg ;s]sf] 5}g . t:jL/ M afnf/fd v8\sf, bfª, /f;;

नारायणी नदीको भङ्गालो निरन्तर वस्तीमा सोझिएपछि सम्भावित दुर्घटनाको पीडाले स्थानीय बासिन्दा वर्षौंदेखि पीडित बन्दै आएका छन् । नदीको कटानका कारण आफूहरुको बास जोखिममा परेको मध्यबिन्दु नगरपालिका–२ की कमलाकुमारी राना बताउँछिन् । उनी भन्छिन्, ‘‘बाससँगै खेतीयोग्य जमीन पनि बगरमा परिणत हुँदा गाँस पनि खोसिएपछि अहिले त्रास र दुःख मात्र बाँकी छ ।’ आफूले थाहा पाउँदा नदी वस्तीबाट धेरै टाढा रहेको बताउँदै ५२ वर्षीय रानाले अकल्पनीयरुपमा नदी बस्तीमै आइपुग्दा यस क्षेत्रका ४२० घर उच्च जोखिममा परेको बताइन् ।

अर्का स्थानीय बासिन्दा नारायणप्रसाद महतोले वर्षेनी वस्तीतर्फ बढेको नदी गम्भीर चिन्ताको विषय बनेको बताउँदै हालै नदीको बहाव अत्यधिक बढेपछि डरले रातमा जाग्राम बस्नु परेको दुखेसो सुनाउँछन् । अघिल्लो वर्ष मात्रै साउन १८ गते उर्लिएको नदीका कारण यहाँका १८ घर बगाउँदा मानवीय क्षति नभए पनि लाखौँ रुपैयाँ बराबरको धनमाल, पशु चौपाया र खेती बगाएर ठूलो नोक्सान भएको उनले बताए । बाढीको त्रासले वर्षातको समयमा पूर्व सूचनाका लागि स्थानीय १० जनाको समूह बनाएर रातको समयमा जाग्राम बस्ने गरेको उनको भनाइ छ । कटान बढेसँगै व्यक्तिका जग्गा बगरमा परिणत भएकोे अर्का स्थानीयबासिन्दा इन्द्र बोटेले गुनासो गरिन् ।

माझी, मुसहर र बोटे कल्याण सेवा समितिकी सामाजिक परिचालका समेत रहेकी उनी भन्छिन्, ‘उत्पादनयोग्य जमीन बगरमा परिणत हुनु, पशुपालनका लागि घाँस ल्याउन पनि आरक्षमा कडाइ हुनुजस्ता समस्याका कारण सर्वसाधारणको जीविकोपार्जनमा दिन प्रतिदिन कठिनाइ परेको छ ।’
भएको जमीन उपयोगविहीन भएपछि विकल्पका रुपमा माछा मार्ने, तामा काट्ने र निउरो खोजेर बिक्री गरी जीवन निर्वाह गर्दै आएको सो क्षेत्रका बासिन्दा सुकमाया बोटे बताउँछन् । पूर्णरुपमा कटान नियन्त्रण गर्न नवलपुरको गैँडाकोटदेखि त्रिवेणीसम्म तटबन्ध निर्माण गरी नदी नियन्त्रण गर्नुका साथै त्यसमाथि बाटो बनाउनसके उक्त क्षेत्रको वस्ती जोगाउन सकिने प्रदेशसभा सदस्य विष्णुप्रसाद लामिछानेको भनाइ छ ।

यसैबीच साउनको दोस्रो साता उक्त क्षेत्रको अवलोकन गर्न पुग्नुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्थानीय बासिन्दाले कटान नियन्त्रण गरी बस्ती सुरक्षाको सामूहिक माग गरेका थिए । गुनासो सुन्दै मुख्यमन्त्री गुरुङले तत्कालीन र दीर्घकालीन योजनाका साथ नारायणी नदी नियन्त्रणका साथै प्रभावित क्षेत्रको समस्या समाधानका लागि प्रदेश सरकारले उचित पहल गर्ने विश्वास व्यक्त गरे । उनले पूर्णरुपमा नदी नियन्त्रणसहित सोही तटबन्धलाई सडक पूर्वाधारकारुपमा विकास गर्न अर्बांै रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उक्त कार्यका लागि संघ सरकारसँग माग गरेर समस्याको स्थायी समाधान गर्नेतर्फ प्रदेश सरकार लाग्नेछ ।

नवलपुरको गैँडाकोटदेखि बोटे बस्तीसम्मको लगभग ४४ किलोमिटर नारायणी नदीको कटान रोक्नका लागि जनता तटबन्धन कार्यक्रम चितवनले सञ्चालन गरे पनि नवलपुरतर्पm प्रभावकी नदेखिएको प्रदेशसभा सदस्य रोशनबहादुर गहामगर बताउँछन् । कावासोती नगरपालिका वडा नं ११ र १२ मा सबैभन्दा बढी कटान भएको बताउँदै उनी भन्छन्, ‘नारायणी नदीमा वर्षादका कारण बहाव बढ्ने र त्रिवेणी सुस्ता गण्डक नहर बाँध भारतको तर्फबाट पूरै ढोका नखोल्दा प्रत्येक वर्ष कटानको खतरा बढ्ने गरेको छ ।’ नारायणी नदीको पूर्व चितवन राष्ट्रिय निकुञ्जतर्फ नदीजन्य वस्तुको निकासीमा कडाइ हुनु र पश्चिमतर्पmको बस्तीमा चोरी निकासी बढेका कारण नदीको भङ्गालो सोझिएको नवलपुर जिल्लातर्फको क्षेत्रमा संघीय र प्रदेश सरकारले तत्काल स्थायी तटबन्ध निर्माण गरी कटान रोक्नु अपरिहार्य रहको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७