डेटिङमा बोलाएर प्रेमिकाको विभत्स हत्या, डेटिङले नै उडायो अष्ट्रेलिया ‘सपना’


१ भाद्र २०७५, शुक्रबार
hatayyayayaa 1

मोरङ, १ भदौं । युवापुस्तामा ‘डेटिङ’ सँस्कृति बढ्दो छ । यसले प्रेम सम्बन्धलाई प्रगाढ बनाउन सहयोग मात्र पुर्‍याएको छैन, अपराधका घटना समेत बढाइरहेको सबै क्षेत्रले स्वीकार गर्न थालेका छन् । मोरङको विराटनगरमा यस्तै ‘डेटिङ’ ले डरलाग्दो घटना निम्त्याएको छ ।

hatayyayayaa 1

विराटनगर महानगरपालिकाका एक युवकले आफ्नी प्रेमिकालाई डेटिङ्गमा बोलाएर विभत्स हत्या गरेका न् । उनले आफ्नी प्रेमिकालाई ग्रामथान गाउँपालिका–३ सिद्राहा पुर्‍याएर शुक्रबार विहान विभत्स हत्या गरेको प्रहरीले जनाएको छ । विराटनगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले आफ्नी प्रेिमका २३ वर्षीया शिखा घिमिरेको विहान १० बजे हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिएका छन् । उनका अनुसार दुवै जना घुम्न भनेर शुक्रबार विहान को १७ प १७२३ नम्बरको स्कुटरमा विराटनगरबाट निस्किएका थिए ।

हत्यापछि शव नहरको डिलमा फ्यालेर भाग्न खोज्दै गर्दा उनलाई स्थानीयले घेरा हालेर नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् । नियन्त्रणमा लिन खोज्दा उनले स्थानीयलाई आफूसँग रहेको छुरा निकालेर प्रहार गर्न खोजेको एसपी केसीले जानकारी दिए । पक्राउ गरिएका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीमा लगेर घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।  घुमघामकै क्रममा भट्टराईले आफूसँग रहेको धारिलो हतियार (दाउ) ले हानेर घिमिरेको हत्या गरेको खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट दुई जना प्रेमी–प्रेमिका भएको पत्ता लागेको छ । ‘दुई जना केही समयदेखि प्रेममा रहेको कुरा खुलेको छ,’ एसपी केसीले भने, ‘युवतीले धोका दिन खोजेको भनेर युवकले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ उनका अनुसार हत्या गरिएकी युवती एक सातापछि अस्ट्रेलिया जाने तयारीमा थिइन् । अरु नै केटासँग लागेर धोका दिंदै अष्ट्रेलिया जान खोजेकाले आफूले हत्या गरेको बयान उनले प्रहरीलाई दिएका छन् ।

‘केही दिनदेखि शिखा अरु नै केटासँग लागेको थाहा पाएँ । उनी एक सातापछि अष्टे«ेलिया जाँदै थिइन,’ भट्टराईलाई उधृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘अरु केटासँग नलाग्न धेरै सम्झाउँदा पनि उनले मानिनन् । त्यसपछि सँगै घुम्न गएको मौकामा एकान्त ठाउँमा लगेर हत्या गरेको हुँ ।’ युवतीको अनुहार, घाँटी र पेटमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको जनाएको छ । एसपी केसीले भने, ‘धेरैतिर धारिलो हतियार प्रहार गरिएको कारण शव चिन्न सक्ने अवस्थामै थिएन ।’ प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र दुवै जना चढेर गएको को १७ प १७२३ नम्बरको स्कुटर बरामद गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७