नयाँ मुलुकी ऐन जारी भएकै दिन सिंहदरबार अगाडि विरोधमा नग्न प्रर्दशन (फोटोफिचर)

गाई राष्ट्रिय जनावर बदर गर्न माग


१ भाद्र २०७५, शुक्रबार
protect against nation animal cow 2

काठमाडौं, १ भदौ । सरकारले आज (भदौ १)देखि लागु गरेको नयाँ मुलुकी ऐनको विरोध गर्दे एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् ।

नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शन गर्ने युवक बिकेन लिम्बू भएको प्रहरीले बताएको छ ।

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन् कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

हाल लिम्बुलाई सिंहदरबार वृत्तको हिरासतमा राखिएको छ । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको प्रहरी बताए ।

नयाँ मुलुकी ऐनको अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

यस्तै नयाँ ऐनको १२२ (१) मा भनिएको छ, ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।’

नयाँ मुलुकी ऐन अनुसार मुद्धा चलाए लिम्बु नयाँ ऐन अनुसार सजाय पाउने व्यक्ति पहिलो हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७