लोकसेवाले लिने भर्ना रोकिंदैन : मन्त्री पण्डित


१ भाद्र २०७५, शुक्रबार
lalbabu pandit 1

काठमाडौं, १ भदौं । कर्मचारी समायोजनका लागि सरकारले लोकसेवा आयोगको परीक्षा एक वर्ष रोक्ने भन्ने कुरा निराधार भएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।

lalbabu pandit 1

आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी भर्ना रोकिने भनी हल्ला चलेको भन्दै त्यो सत्य नभएको स्पष्ट पारेका छन् । सबै निकायलाई आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्ने स्वतन्त्रता रहेको भन्दै उनले लोकसेवा आयोगको क्षेत्राधिकार सरकारले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् । स्थानीय सरकार, प्रदेश सरकारका प्रतिनिधि संविधानले दिएको अधिकार विपरीत विदेश भ्रमणमा गइरहेको मन्त्री पण्डितले बताएका छन् ।

‘स्थानीय सरकार, प्रदेश सरकार विदेश गएको गएकै छन्, परराष्ट्र सम्बन्ध विस्तार गरिरहेका छन् । त्यो अधिकार संविधानले दिएको छ ? केन्द्रले सोध्यो भने हामी छुट्टै सरकार हौं भन्छन्, यसो भनेर देश चल्छ ?’ उनले भने । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले तीन तहका सरकारबीच समन्वय गर्न नयाँ कानुन बनिरहेको बताए । उनले सबै तहका कर्मचारीको वृत्ति विकास हुने गरी कर्मचारी समायोजन गर्ने भन्दै सचिव थपलियाले एक हप्ताभित्र कर्मचारी समायोजनमा केही प्रगति हुने जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७