मन्त्रिपरिषद बैठक : थापा प्रधानसेनापतिमा नियुक्त


१ भाद्र २०७५, शुक्रबार
pradhansenapati thapa

काठमाडौं, १ भदौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आज (शुक्रबार) बसेको बैठकले आउँदो भदौ २४ गतेबाट लागू हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।

pradhansenapati thapa

थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो । नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रुपमा चिनिन्छन् । अत्यन्तै अनुशासित, भद्र, अध्ययनशील र अनुभवी जर्नेलका रुपमा परिचित उनलाई यसअघि नै नेपाली सेनाको भावी नेतृत्वका रुपमा हेरिएको थियो ।

हालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बिहीबार थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसिसकेका छन् । सेनामा अवकास हुनुभन्दा एक महिना अघि प्रधानसेनापति बिदामा वस्नेत प्रचलन छ । नेपाली सेनामा यससंगै नेपालबाट स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति समेत बनेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७