दुई अर्ब ७२ करोड कर छल्ने व्यापारी गुप्ताविरुद्ध मुद्दा


१ भाद्र २०७५, शुक्रबार
dori nCZt23OCRh

काठमाडौं, १ भदौ । राज्यलाई अरबौं कर छलेर कारोबार गर्दै आएका एक ठूला व्यापारीविरुद्ध मुद्दा दायर भएको छ । भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

dori nCZt23OCRh

उनीविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ । बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा हो । गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए । हिमालय कार्गाेका सञ्चालक गुप्तालाई गत महिना विभागले पक्राउ गरेको हो ।

अनुसन्धान पूरा गरी मुद्दा दायर भएको हो ।
नेपालगञ्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो । पक्राउ गरी अनुसन्धान गर्दा उनले २ अर्ब भन्दा धेरै राजश्व छलेको खुल्न आएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिएका छन् ।

गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका नाइके भएको मैनालीले बताएका छन् । प्रहरीले उनको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ । अरबौं कारोबार गर्ने गुप्ताले नक्कली प्रज्ञापनपत्र र भ्याट बिल बनाउने गर्दथे । गुप्ताको बैंक खातामा मात्र विभागले १५ करोड रुपैयाँ फेला पारेको छ । त्यस्तै सतंगुलमा करीब ८ रोपनी जग्गा छ । पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर तिरेका छैनन् । आर्थिक वर्ष २०७२–०७३ मा जम्मा ५ हजार रुपैयाँ कर तिरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७