मेस्सीले राष्ट्रिय टिमबाट नखेल्ने, यस्तो छ कारण


१ भाद्र २०७५, शुक्रबार
lionel messi cropped wvosiiy44 1

काठमाडौं, १ भदौ (एजेन्सी) । अर्जेन्टिनी फुटबल टिमको कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सन् २०१८ भर नखेल्ने खबर अन्तर्रा्िष्ट्रय सञ्चार माध्यममा समाचार सार्वजनिक भएको छ ।


मेस्सीलाई वर्ष २०१८को बाँकी अवधिका लागि टोलीमा समावेश नगरिने समाचारमा जनाइएको छ । तर यसको निर्णय अर्जे्िन्टना फुटबल संघले नयाँ नियुक्त गर्ने प्रशिक्षकपछि हुनेछ ।

रसिया विश्व कपमा राम्रो प्रर्दशन गर्न नसकेको अर्जे्िन्टना अन्तिम १६ बाट बाहिरिएपछि अर्जे्िन्टनाले प्रशिक्षक जर्ज साम्पोलीलाई बर्खास्त गरेको थियो । अहिले वेस्ट ह्यामका पूर्व रक्षक लियोन स्कालोनीलाई टोलीको कार्यवाहक प्रशिक्षक नियुक्ती गरिएको छ ।

विश्व कपमा आइसल्यान्ड्, नाइजेरिया र क्रोएसिया सम्मिलित समूहबाट उपविजेतका रुपमा अर्जे्िन्टना अन्तिम १६ मा पुगेको थियो । तर टोली अन्तिम १६ मा फ्रान्ससँग ४–३ को हार बेहोरेको थियो। जसमा मेसीले जम्मा १ गोल गरेका थिए । हुनत अर्जेन्टिना विश्वकपमा मुश्किलले छनौट भएको थियो ।

मेस्सीले यो वर्ष नखेल्ने निर्णयलाई अन्तर्रा्िष्ट्रय फुटबलबाट सन्यास लिएको मान्न नमिल्ने कतिपयले बताएका छन् । अर्जे्िन्टनाका पूर्व खेलाडी कार्लोस टिभेजले मेसीको निर्णयबाट आफू आश्चर्यमा नपरेको भन्दै मेसीले आरामका लागि यस्तो निर्णय गरेको हुनसक्ने अनुमान लगाएका छन् ।

मेसीले यसअघि पनि सन्यासको घोषणा गरेका थिए । उनले २०१४ को विश्वकप फाइनलमा र सन् २०१६ मा चिलिसँग कोपा अमेरिका कप हारेपछि सन्यासको घोषणा गरेका थिए । तर अर्जे्िन्टनाका समर्थकको व्यापक दबाब पछि उनी पुनः टोलीमा फर्किएका थिए ।

सन् २००५ मा राष्ट्रिय टिमबाट डेबयू गरेका ३१ वर्षिय मेसीले अर्जे्िन्टनाबाट १ सय २८ खेलबाट ६५ गोल गरिसकेका छन् । भने पाँच पटकका बालोन डी ओर जितिसकेका छन् । उनी बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । मेसीले १५ सिजन टोलीका विताएका छन्। भने ६३८ खेलबाट ५ सय ५२ गोल गरिसकेको छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७