छोटो मतपत्र : झन्झटिलो मतदान प्रक्रिया


२३ कार्तिक २०७४, बिहीबार
matpatra

काठमाडौं  : निर्वाचन आयोगले उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारको चुनाव चिह्न मात्रै समेटेर आगामी प्रतिनिधिसभाको मतपत्र बनाएको छ । आयोगको यो कार्यले प्रतिनिधिसभातर्फको मतपत्र निकै छोटो र छरितो बनेको छ । अाजकाे अन्नपूर्ण पाेष्टमा नरेन्द्र साउदले लेखेका छन् ।

matpatra

‘यसपटकको निर्वाचनमा मतदातालाई मतदान गर्न निकै सहज हुने मतपत्र बनाएका छौुं, प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले , ‘जुन क्षेत्रमा जसको उम्मेदवारी परेको छ, त्यस्ता उम्मेदवारको मात्र चुनाव चिह्न राखेर मतपत्र बनाएका छौं ।’
मनाङ र मुस्ताङको प्रतिनिधिसभाका लागि कांग्रेस र एमालेका तर्फबाट मात्र उम्मेदवारी परेपछि ती क्षेत्रका मतपत्रमा कांग्रेस र एमालेका मात्र चुनाव चिह्न राखिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलका कारण सूर्य चिह्न भएको स्थानको मतपत्रमा माओवादी केन्द्रको चुनाव चिह्न गोलकारभित्रको हँसिया हथौडा छैन भने हँसिया हथौडा भएको मतपत्रमा सूर्य चुनाव चिह्न छैन । अघिल्ला निर्वाचनमा पट्यारलाग्दो लामो मतपत्रमा छाप लगाएका मतदाताका लागि अबको निर्वाचन मतपत्रका दृष्टिकोणले निकै सहज हुने आयोगको भनाइ छ ।
स्थानीय तह निर्वाचनमा पनि धेरै चुनाव चिह्न समेटिएको लामो र पट्यारलाग्दो मतपत्रको सर्वत्र आलोचना भएको थियो । छोटो र छरितो मतपत्रका कारण आगामी निर्वाचनको मतगणना पनि छिटो हुने तथा मतपत्र बदर कम हुने प्रमुख आयुक्त यादवको विश्वास छ । ‘अघिल्ला चुनावको परिणाम आउनै धेरै दिन लाग्यो भने बदर मतको संख्या पनि उच्च देखियोु, यादवले भने, ‘अबको चुनावमा त्यस्तो हुँदैन भन्ने हाम्रो विश्वास छ ।’
आयोगले सार्वजनिक गरेको पहिलो चरणको निर्वाचनको नमुना मतपत्रमा बाजुरा र मुगुको मतपत्र पनि निकै नै छोटो छ । यी दुई जिल्लाको प्रतिनिधिसभातर्फको मतपत्रमा ‘रूख, सूर्य र आँखा गरी तीन वटा मात्र चुनाव चिह्न छन्, ।ु प्रनिनिधिसभातर्फ सबैभन्दा ठूलो मतपत्र दोलखाको छ । दोलखाको मतपत्रमा १५ वटा चुनाव चिह्न छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका संयोजक डा। बाबुराम भट्टराईको निर्वाचन क्षेत्र गोरखा २ को मतपत्र मध्यम खालको छ । त्यस क्षेत्रको मतपत्रमा प्रतिनिधिसभातर्फ ९ वटा चुनाव चिह्न छन् । त्यसैगरी संखुवासभामा ११, खोटाङमा १०, रसुवामा ११, धादिङ २ मा ११, सिन्धुपाल्चोक १ मा १३, रामेछापमा १२, लमजुङमा ११ चुनाव चिह्नको मतपत्र बनेको छ ।
खोटाङ र सिन्धुपाल्चोक क्षेत्र २ को मतपत्रमा पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी ९राष्ट्रवादी० का मतदाता झुक्किने स्थितिमा छन् । ती क्षेत्रको मतपत्रमा ठीक तलमाथि गोलाकारभित्र हलो र आयातकारभित्र हलो चुनाव चिह्न छन् । राणा नेतृत्वको राप्रपाको चुनाव चिह्न गोलकारभित्र हलो र लोहनी नेतृत्वको राप्रपाको चुनाव चिह्न आयातकारभित्र हलो भएकाले मतदातालाई आफ्नो चिह्न छुट्याउन गाह्रो हुने देखिन्छ ।
प्रदेशसभा प्रत्यक्षतर्फ पनि मनाङका दुवै क्षेत्रको मतपत्र सबैभन्दा सानो छ । मनाङको प्रदेशसभा १ र २ को मतपत्रमा २÷२ वटा मात्र चुनाव चिह्न छन् । मनाङको प्रदेशसभा २ को मतपत्रमा रूख र स्वतन्त्र उम्मेदवारको बालक चुनाव चिह्न छन् । मुस्ताङको प्रदेशसभा १ मा दुई वटा मात्र चुनाव चिह्न छन् भने प्रदेशसभा २ को मतपत्रमा भने ४ वटा चुनाव चिह्न छन् ।
प्रदेशसभातर्फ बाजुराका दुवै प्रदेशसभामा ४÷४ वटा चुनाव चिह्न छन् । प्रतिनिधिसभातर्फ ७ वटा चुनाव चिह्नको मतपत्र बनेको म्याग्दीको प्रदेश १ को मतपत्र पनि निकै छोटो छ । यो क्षेत्रको मतपत्रमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र राप्रपाको गाई मात्र चुनाव चिह्न छन् । डोल्पाको प्रदेश १ र पूर्वीरुकुम जिल्लाको प्रदेश २, बैतडीको प्रदेश २ को मतपत्रमा पनि २ वटा मात्र चुनाव चिह्न छन् । प्रदेशसभातर्फ धादिङको प्रदेशसभा १ को मतपत्र सबैभन्दा ठूलो १७ चुनाव चिह्न समेटिएका छन् ।
प्रत्यक्षतर्फ सानो र छरितो मतपत्र भए पनि प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतपत्र भने ठूलो र पट्यारलाग्दो छ । समानुपातिकतर्फ प्रतिनिधिसभाको माथिल्लो र प्रदेशसभाको मतपत्र तल्लो भागमा छापिएकाले मतदाता झुक्किने अवस्था छन् । प्रतिनिधिसभाको समानुपातिकमा आयोगमा दर्ता भएका सबै ८८ दलको चुनाव चिह्न राखिएको भए पनि प्रदेशसभा समानुपातिकको मतपत्रमा भने ७ वटै प्रदेशको फरक(फरक छ ।
मतदान झन्झटिलो
प्रत्यक्षतर्फको मतपत्र छोटो र छरितो भए पनि ३ वटा मतपत्रमा ४ वटा छाप लगाउनुपर्ने भएकाले मतदान प्रक्रिया भने झन्झटिलो बन्ने देखिन्छ । मतदाताले पहिलो मतपत्र प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यो मतपत्र बाकसमा खसाइसकेपछि अर्को मतपत्र लिई प्रदेशसभाको प्रत्यक्ष उम्मेदवारलाई दिनुपर्छ । त्यसपछि अर्को मतपत्र लिई प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक उम्मेदवारलाई मतदान गर्नुपर्छ । समानुपातिकको मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका समानुपातिक र तल्लो भागमा प्रदेशसभाका समानुपातिकका लागि मत संकेत गर्नुपर्छ ।
संविधानसभाका दुवै निर्वाचनमा २ वटा मतपत्रको प्रयोग गरेका मतदाताले यसपटक भने ३ वटा मतपत्रको प्रयोग गर्नुपर्नेछ । ‘आयोगका तर्फबाट हामीले मतदाता शिक्षामा निकै जोड दिएका छौुं, प्रमुख आयुक्त यादवले भने, ‘दलहरूले पनि मतदातालाई भोटिङ सिस्टमबारे यथेष्ट जानकारी गराउनुपर्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७