‘पर्यटक उम्मेदवार’ भनेपछि आरजूले तीन करोडमा घर किनिन्


२३ कार्तिक २०७४, बिहीबार
arju rana

धनगढी : कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ कांग्रेसबाट उम्मेदवार बनेकी आरजू राण देउवाले धनगढीमा नयाँ घर किनेकी छन् ।

arju rana

निर्वाचन प्रचारका क्रममा विपक्षीले पर्यटक उम्मेदवार भनेपछि उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित उत्तरबेहडीमा सुविधासम्पन्न घर किनेको समाचार आजको अन्नपूर्ण पोस्ट्ले छापेको छ ।

तीन कठ्ठा तीन धुर क्षेत्रफलमा बनेको दुई तलाको घर खरिदका लागि उनले आधा रकम बैना गरिसकेको खुलेको छ । यति मात्र होइनी नयाँ घरमा बुधबारदेखि बस्न पनि थालेकी छन् । स्थानीय शारदा हमालको नाममा रहेको जग्गासहित ६ हजार ५ सय बर्गफिटको घर झन्डै तीन करोड रुपैयाँमा खरिद गरेको जनाइएको छ । हमालले तीन वर्षयता घर विक्रीमा राखेकी थिइन् ।

आरजू कात्तिक १४ गते धनगढी आएकी थिइन् । त्यसलगत्तै उनले निर्वाचन प्रचार थालेकी थिइन् । उनले धेरै कार्यक्रममा ‘माइतीले कन्यादान गरेर सुदूरपश्चिम दिएको’ उल्लेख गर्दै आफू सुदूरपश्चिमकी बुहारी भएको बताएकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७