यस्ताे छ चुनावी घोषणापत्रमा प्रमुख दलका विदेश नीति


२३ कार्तिक २०७४, बिहीबार
UMl congress moist
काठमाडौं : स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्दै आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई अस्वीकार गरिनेछ । हीनताबोध र आत्मसमर्पणवादी मान्यतालाई निरुत्साहित गरिनेछ ।
UMl congress moist

भारतसँग गरिएको सन् १९५० को सन्धिलगायत सबै असमान सन्धि र सम्झौताको पुनरावलोकन गरी राष्ट्रिय हित र आवश्यकताअनुरूप प्रतिस्थापन गरिनेछ । सीमा समस्याको समाधान र सीमा–नाकाहरूको व्यवस्थापनका लागि कूटनीतिक पहल गरिनेछ ।

गैरआवासीय नेपालीहरूको ज्ञान, सीप र आर्जनलाई राष्ट्र निर्माणमा लगाउने नीति लिइनेछ । प्रवासी नेपाली नागरिकहरूको श्रमसम्बन्धी हकलगायत अन्य हकको सुरक्षाका लागि प्रभावकारी पहल गरिनेछ ।

छिमेकी मित्रराष्ट्रको आर्थिक प्रगतिबाट लाभ लिने नीति बनाइनेछ : कांग्रेस
छिमेकी मित्रराष्ट्रहरूको सुरक्षा र संवेदनशीलतालाई ध्यानमा राख्दै नेपालको भूमि कुनै पनि राष्ट्रको हितविपरीत प्रयोग गर्न नदिने नीति कांग्रेसले अवलम्बन गर्नेछ ।
भारत र चीनसँगको बहुआयामिक र बहुपक्षीय सम्बन्धलाई उच्च प्राथमिकता दिँदै समानता, स्वतन्त्रता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको पूर्ण पालना हुने गरी पारस्परिक हित र अन्तर्राष्ट्रिय सम्बन्धका मूल्य र मान्यताअनुरूप व्यावहारिक र वस्तुनिष्ठ आधारमा सम्बन्ध सुदृढ र सुमधुर बनाइनेछ । दुवै छिमेकी राष्ट्रको आर्थिक प्रगतिबाट लाभ लिने गरी साझेदारीको नीतिलाई प्राथमिकता दिइनेछ ।
विपरीत विदेशी भूमिबाट समेत कुनै पनि हिंसात्मक गतिविधि हुन नदिने नीति सुनिश्चित गरिनेछ ।

नेपाल–भारत सम्बन्धको तुलना अन्य कुनै मुलुकसँग हुन सक्दैन : राप्रपा

विभिन्न मुलुकहरूसँग भएका राष्ट्रिय हितविपरीतका असमान सन्धि खारेज वा परिमार्जन गरिनुपर्दछ भन्ने मान्यतालाई राप्रपाले जोड दिनेछ ।

केही उतारचढावका बाबजुद भारतसँग हाम्रो घनिष्टतम सामाजिक, सांस्कृतिक एवं आर्थिक सम्बन्ध रहेको छ । नेपाल–भारत सम्बन्धको तुलना अन्य कुनै मुलुकसँगको सम्बन्धमा हुन सक्दैन । भारतसँग असल र मित्रतापूर्ण सम्बन्ध नेपालको हितमा हुन्छ भन्ने मान्यतामा राप्रपा विश्वस्त छ ।

नेपाल–चीन सम्बन्धको आफ्नै अलग आयाम र विशिष्टता रहेको छ । एक चीन नीतिप्रति राप्रपा प्रतिबद्ध छ । चीनले हासिल गरेको तीव्र आर्थिक विकासबाट लाभ लिन आगामी दिनमा पारवहन, व्यापार, यातायात, रेल, विद्युत् र पर्यटन क्षेत्रको विकास र विस्तारको निमित्त राप्रपाले आवश्यक पहल गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७