बिमस्टेक सम्मेलनमा उपत्यकामा दुई दिन सार्वजनिक विदा


३ भाद्र २०७५, आईतवार
bimstec oc9Frdm2lA

काठमाडौं, ३ भदौं । काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेक सम्मेलनमा सरकारले सार्वजनिक विदा दिनेबारे छलफल थालेको छ ।

bimstec oc9Frdm2lA
बिमस्टेक वैठकको तयारीका लागि आयोजित छलफल कार्यक्रमका सहभागी ।

दुई दिनका लागि सार्वजनिक विदा दिनुपर्ने प्रस्ताव गृह मन्त्रालयका अधिकारीले गरेका छन्
सवारी व्यवस्थापन तथा सुरक्षालाई ध्यानमा राखी सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको गृहका एक अधिकारीले जानकारी दिएका छन् । आगामी १४ र १५ भदौमा काठमाडौंमा बिमस्टेकको चौथो सम्मेलन हुँदैछ । सम्मेलनमा ५ देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरु आउँदै छन् ।

बिशिष्ट व्यक्तिहरुको सवारीका कारण दुई दिन राजधानीको सडक अस्त–व्यस्त हुन सक्ने भएकाले दुई दिन सार्वजनिक विदा दिनेबारे छलफल अघि बढाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताएका छन् । साथै केही दिन सडकमा जोर बिजोर प्रणाली लागू हुने समेत उनले बताए ।

४ वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा पनि सरकारले दुई दिन सार्वजनिक विदा दिएर सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको थियो । २०७१ सालको मंसिर १० र ११ गते सार्वजनिक विदा दिएर सडकमा जोर विजोर प्रणाली लागू गरेको थियो । अझ विद्यालय त ४ दिन बन्द गरिएको थियो । त्यसकारण यस पटक पनि सार्वजनिक विदा हुने सम्भावना छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७