सुरक्षा गार्डको हत्या, आँखा निकालेको अवस्थामा खाटमुनि भेटियो शव


३ भाद्र २०७५, आईतवार
pujaariko hatyaa

मोरङ, ३ भदौं । मोरङको विराटनगरस्थित एक हार्डवेयर पसलमा कार्यरत सुरक्षा गार्डको हत्या भएको छ ।

pujaariko hatyaa

विराटनगरको विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा काम गर्दै आएका ५० वर्षीय टंक भट्टराई आज (आइतबार) बिहान हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

विराटनरग–४ पिपलचोक घर भएका भट्टराई राति हार्डवेयर पसलमा रहेको सुरक्षागार्ड सुत्ने कोठामा सुतेका थिए । आइतबार बिहान ९ः४५ हार्डवेयरका कामदारले ढोका खोल्दा भट्टराई सुत्ने कोठाको खाटमुनि शव देखेपछि प्रहरीलाई खबर गरेको जनाइएको छ । शव सिरानीले मुख थुनेको अवस्थामा फेला परेको उनीहरुले बताएका छन् ।

हत्या गरिएका भट्टराईको अनुहार र शरीरका विभिन्न भागमा चोट देखिएको छ । उनको देब्रे आँखा निकालिएको छ । घटनास्थलमा खटिएका मोरङ प्रहरी प्रवक्ता डीएसपी निशान थापाले घटना हत्या नै भएको बताएका छन् । माथि राखिएको इन्भरटर तल खसेको बाहेक घटनास्थलमा अन्य कुनै सामान चलाइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७