म कांग्रेस बन्थे तर, वीपीले रोके : डा. बाबुराम भट्टराई


३ भाद्र २०७५, आईतवार
20140817baburam bhattarai

काठमाडौं, ३ भदौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफूमा कांग्रेस बन्ने चाहना भए पनि वीपी कोइरालाकै कारण बन्न नसकेको बताएका छन् ।

20140817baburam bhattarai
नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई । तस्विर : फाइल

डा. भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता वीपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि कांग्रेसी रहने बताएका हुन् । २०३० सालको विमान अपहरण काण्डका प्रमुख पात्र दुर्गा सुवेदीको कृति ‘विमान विद्रोह : एउटा राजनीतिक अपहरणको बयान’ बारे राजधानीमा शनिबार गरिएको अन्तर संवादमा पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले मेलमिलापको नीति नै आफू कांग्रेस नबन्नुको मुख्य कारण रहेको बताएका थिए ।

उनले राजसंस्थाको अन्त्य गरी गणतन्त्र ल्याएमा मात्र देशको विकास हुने सोचेर भारतमा आन्दोलन गरिरहँदा वीपीले के कारणले मेलमिलापको नीति लिए भन्ने कुरा अझै बुझ्न नसकेको बताए । ‘म उहाँसँग वैचारिक रुपमा सहमत हुन नसके पनि उहाँ मलाई माया गर्नु हुन्थ्यो । उहाँले मेलमिलापको नीति अवलम्बन गरेर नेपाल नफर्किएको भए म त्यही समयमा कांग्रेस भइसक्थे । तर उहाँको एउटा निर्णयले मेरो योजना रोकियो,’ डा. भट्टराईले भने ।

उनले यो पुस्तकले पनि आफ्नो जिज्ञाषा भने मेट्न नसकेको बताएकाछन् । उनले भने, ‘यो पुस्तक विशिष्ट प्रकृतिको छ । पुस्तक पढेपछि पनि केही विषय अझै मेरा लागि अनुत्तरित छन् । वीपी किन नेपाल फर्किए भन्ने प्रश्नको उत्तर यो पुस्तक पढ्दा पनि मैले पाउन सकेको छैन् । तर नेपाल फर्किएर पनि वीपीले देशकाविरुद्ध भने कुनै सम्झौता गर्नु भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७