११३ केस लागेकी मोस्ट वाण्टेड ‘लेडी ग्याङस्टार’ पक्राउ


३ भाद्र २०७५, आईतवार
basiran 20180819081734

काठमाडौं, ३ भदौं । विभिन्न ११३ केसमा संलग्न रहेको आरोपमा प्रहरीले मोस्ट वान्टेड ‘लेडी ग्याङस्टार’ लाई प्रकाउ गरेको छ ।

basiran 20180819081734
६२ वर्षीया मोस्ट वान्टेडको सूचीमा रहेकी बसीरन

भारतकी ६२ वर्षीया मोस्ट वान्टेडको सूचीमा रहेकी बसीरनलाई शनिबार भारतीय प्रहरीले प्रकाउ गरेको हो । उनी गिरोह समूहमा ‘मम्मी’ नामले चिनिन्छिन् । भारतका पाँच खुंखार महिला ‘लेडी ग्याङस्टार’ अपराधी मध्येकी उनी एक भएको प्रहरीको दावी छ ।

४५ वर्ष पहिले दक्षिण दिल्लीबाट आएर भारतको राजस्थानमा बस्दै आएकी बसीरन शुरुमा अवैध मदिरा बिक्री गर्दै आएकी थिइन् । साना–साना अपराधिक क्रियाकलाप संलग्न हुँदै आएकी उनी पछिल्ला दिनमा अपराधको जालो नै फैलाएकी थिइन् ।

डिप्टी प्रहरी रोमिल बानियाका अनुसार राजस्थानमा परिवारलाई भेट्न आउँदा उनी गिरफ्तारमा परेकी हुन् । पछिल्लो एक हत्या घटनामा संलग्न उनी आठ महिनादेखि फरार थिइन् । अदालतले २५ मेमा उनलाई कुख्यात अपराधी घोषित गरेको थियो ।

प्रहरीका अनुसार बसीरनले युपीका मिराजको हत्यामा आफ्नो संलग्नता रहेको बताएकी छन् । ग्याङका सदस्य आकाश र विकासको समेत उक्त घटनामा संलग्नता रहेको उनले प्रहरी समक्ष बयान दिएकी छन् । मिराजको हत्यापछि सौतेली बहिनी मुन्नी बेगमनले ६० हजार रुपैयाँ आफूलाई दिएको समेत बताएकी छन् ।

मुन्नीले मिराजलाई १ सेक्टेम्बर २०१७ मा संगम बिहारस्थित बसीरनको घरमा ल्याएकी थिइन् । पछि आकाश, विकाश, निरज र एक अर्का युवक मिली मिराजको घाँटी रेटेर हत्या गरेपछि जंगलमा लगेर शव जलाई दिएका थिए । घटनाको एक हप्ता पछि स्थानीयले जंगलमा शव जलाइएको बारे प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनामा संलग्न आशंकामा एकजनालाई प्रकाउ गरेको थियो ।

प्रकाउ परेका उनले घटनामा अरुको पनि संलग्नता रहेको बताएपछि प्रहरीले जनवरीमा अरु आरोपितलाई पनि प्रकाउ गरेको थियो । तर बसीरन भने फरार थिइन् । बसीरनका आठ छोरा पनि क्रुर अपराधमा संलग्न रहेको पाइएको छ । उनीहरु हत्या, लुटपाट, तस्करी, डकैत जस्ता अपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको दावी छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७