रोयल इन्फिल्डलाई टक्कर दिन आयो बेनेली लियोनसिनो-५००


३ भाद्र २०७५, आईतवार
benell

काठमाडौं, ३ भदौं । मोटरसाइकल आवश्यकता मात्र होइन सौख पनि हो । त्यस्तैले त विशेष गरी युवापुस्ता बजारमा आएका बाइकसँग आफूलाई अपडेट गराइरहेका छन् ।

benell
लियोनसीनो ५००

अहिले अधिकांश युवाहरुको रोजाइमा रोयल इन्फिल्ड बाइक छ । तर अब यसलाई पनि टक्कर दिने गरी नयाँ बाइक बजारमा भित्रिने तरखरमा छ । रोयल इन्फिल्डलाई टक्कर दिने गरी इटालियन बाइक निर्माता बेनेलीले २०१९ सम्ममा १२ नयाँ उत्पादनलाई बजारमा ल्याउने भएको छ ।
त्यसैमध्ये एक हो बेनेली लियोनसिनो ५०० बाइक । कम्पनीले यो बाइकलाइ महत्वपूर्ण रुपमा लिएको बताएको छ ।

कम्पनीले लियोनसीनो ५०० को सिब्लिङ मोडल २०१९ को मध्यतिर भारतीय बजारमा लन्च गर्ने जनाएको छ । कम्पनीले यो बाइकलाई स्क्याम्बलर डिजाइनमा बनाउने छ ।
टीआरके ५०२ नामक ५०० सीसी लिक्वुड कुल्ड इन्जिन क्षमता रहेको यो बाइकमा ४८ पीएस पावर तथा ४५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स दिइएको यो बाइकले रोयल इन्फिल्डको अपकमीङ बुलेट ६५० बाइकसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७