कमल थापाले लिए राप्रपाको सक्रिय सदस्यता


३ भाद्र २०७५, आईतवार
images cms image 000054441

काठमाडौं, ३ भदौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आइतबार पार्टीको सक्रियता सदस्यता लिएका छन् ।

images cms image 000054441

पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागद्वारा आयोजित कार्यक्रममा अध्यक्ष थापाले महामन्त्री एवम् संगठन विभाग प्रमुख राजेन्द्र लिङ्देनको हातबाट सक्रिय सदस्यता लिएका हुन् । यसैगरी अध्यक्ष कमल थापाले उपाध्यक्ष बुद्धिमान तामाङ र टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन, वरिष्ठ नेता बालाराम घर्तीमगर, कोषाध्यक्ष उद्धब पौडेल, सह–महामन्त्री चन्द्रबहादुर गुरुङ, सचिवालय प्रमुख भास्कर भद्रा लगायतका पदाधिकारी र सदस्यहरु र पाँच सय भन्दा बढी विभिन्न तहका सदस्यलाई सक्रिय सदस्यता प्रदान गरेका छन् । अभियान निरन्तर जारी रहने राप्रपाले जनाएको छ ।

नयाँ व्यवस्था अनुसार पूरानो सदस्यताको अनिवार्य नवीकरण र चालु वर्षमा थप ५० हजार सक्रिय सदस्य बनाउने लक्ष्य राप्रपाले लिएको छ । राप्रपालाई स्मार्ट पार्टी बनाउने अभियान अन्तर्गत सफ्टवेयर बनाएर सबै किसिमका सदस्यको इलेक्ट्रोनिक अभिलेखिकरणको तयारी गरिंदै छ । राप्रपाले सक्रिय सदस्यकै आधारमा महाधिवेशन प्रतिनिधि चयन गर्ने विषयमा छलफल थालेको छ। यसअघि गाउँ, नगर, क्षेत्र, जिल्लाको प्रतिनिधित्वका आधारमा महाधिवेशन प्रतिनिधि चयन हुने व्यवस्थालाई परिवर्तन गरि यो नयाँ गर्न छलफल थालिएको हो ।

राप्रपाले पार्टीलाई प्रजातान्त्रिक र समावेशी बनाउन विधानमै परिमार्जन गर्न लागेको छ । वीरगञ्जमा गत जेठमा सम्पन्न केन्द्रीय परिषद बैठकमै यसबारे बृहत छलफल भएको थियो । विधान संशोधन गर्न उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा एक समिति गठन गरिएको छ । जसले सरोकारवाला पक्षसँग छलफल र अन्तरक्रिया गरी केही दिनमै विधान संशोधनको अन्तिम प्रतिवेदन केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गर्ने तयारी पनि गरिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७