बिमस्टेक सम्मेलन : भिभिआइपीलाई ‘बुलेटप्रुफ’ गाडी भाडामा लिन २ करोड निकासा


३ भाद्र २०७५, आईतवार
pm office

काठमाडौं, ३ भदौं । काठमाडौंमा हुन गइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास अर्थात् बिमस्टेक सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।

pm office

बिमस्टेक बैठकमा भिभिआइपीलाई ‘बुलेटप्रुफ’ गाडी भाडामा लिन सरकारले २ करोड निकासा गरेको छ । भदौ १४ र १५ गते काठमाडौंमा हुन गइरहेको बैठकका लागि ‘भिभिआइपी’ लाई ‘बुलेटप्रुफ’ गाडी भाडामा उपलब्ध गराउन सरकारले २ करोड रुपैयाँ निकासा गरेको छ ।

काठमाडौंमा हुन गइरहेको बिमस्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुने मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुखलगायतलाई बुलेट प्रुफ गाडी समेत उपलब्ध गराउन उक्त रकम निकासा गरिएको हो । सार्क सम्मेलनमा भारतबाट बुलेटप्रुफ गाडीहरु ल्याइएको यसपटक नेपालमै व्यवस्थापन गर्न लागिएको हो । बैठकमा नेपालसहित बिमस्टेक सदस्य राष्ट्रहरू बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सहभागी हुनेछन्।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन् । उनीहरुमध्ये भारतका प्रधानमन्त्री मोदी र थाइल्याण्डका प्रधानमन्त्री चान–ओचना १४ गते बिहान चार्टड विमानबाट नेपाल आउँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुशासन र विकासको आधारशिला तयार भएको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७