मदन भण्डारी फाण्डेशनका अध्यक्षमा पुनः उषाकिरण, कार्यसमितिमा तीन मन्त्रीसहित ४५ छानिए


३ भाद्र २०७५, आईतवार
usha kiran bhandari

काठमाडौँ, ३ भदौ । मदन भण्डारी फाण्डेशनका अध्यक्षमा उषाकिरण भण्डारी पुनःचयन भएकी छिन् । शनिबार यहाँ सम्पन्न दोस्रो राष्ट्रिय सम्मेलनले जननेता मदन भण्डारीकी सुपुत्री भण्डारीलाई चार वर्षका लागि पुनःअध्यक्षमा चयन गरेको हो ।


सम्मेलनले चयन गरेको ४५ सदस्यीय नयाँ कार्यसमितिका सचिवमा पेम्वा लामा र कोषाध्यक्षमा चिन्तामणि भट्टराई छन् ।

यसैगरी एक संघीय मन्त्रीसहित दुई मुख्यमन्त्री पनि कार्यसमितीमा चयन भएका छन् । सदस्यमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई रहेका छन् ।

यस्तै डा राजन भट्टराई, महेश बस्नेत, छविलाल विश्वकर्मा, गुरुप्रसाद बराल, देवराज घिमिरे, सोमनाथ प्यासी, हिक्मत कार्की, कृपाशुर शेर्पा, राजेन्द्रप्रसाद गौतम, महेन्द्रबहादुर पाण्डे, गणेशमान गुरुङ, आनन्दप्रसाद पोखरेल, सूर्य ढकाल, प्रेम दंगाल, सुशील प्याकुरेल, रवीन्द्र शर्मालगायत छन् ।
सम्मेलनले बाँके जिल्लालाई उत्कृष्ट शाखा जिल्ला घोषणा गरेको छ । फाउण्डेशनका ५५ जिल्लामा शाखा छन् ।

फाउण्डेशनका संस्थापक अध्यक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी हुन् । संस्थापक अध्यक्ष श्रीमती भण्डारी राष्ट्रपतिमा चयन भएपछि फाउण्डेशनका अध्यक्षमा उषाकिरण भएकी थिइन् ।

मदन भण्डारी कलासाहित्य प्रतिष्ठानले ‘शार्दूल’ पत्रिकाको आगामी अङ्क ‘हिमवत्खण्ड कलासाहित्य सम्मिलन विशेषाङ्क’का रुपमा प्रकाशन गर्ने भएको छ ।

पत्रिकाका सम्पादनमण्डलका संयोजकमा डा देवी नेपाल तथा सम्पादकमा अनिल पौडेल र हरि भण्डारी तथा सहयोगीमा भूमिका सुब्बा र जयन्ता पोखरेल रहेका छन् । विशेषाङ्कका लागि सात जनाको प्राज्ञिक परामर्श समिति पनि गठन गरिएको छ जसमा गुरुप्रसाद बराल, देवराज घिमिरे, शान्ता मानवी, दीनानाथ शर्मा, डा विजय सुब्बा, प्रा राजेन्द्र सुुवेदी र प्रा डा बद्रीविशाल पोखरेल रहेका छन् ।

आगामी बडादशैँ अघि सम्मिलनमा सहयोग गर्ने सबैलाई प्रशंसापत्र वितरण गरिनाका साथै शार्दूल विशेषाङ्क विमोचन गरिने कार्यक्रम छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७