कालीमाटी तरकारी बजारको दादागिरी : अनुगमन गर्न गएको प्रहरीसहितको सरकारी टोलीलाई थुनियो


४ भाद्र २०७५, सोमबार
klimati tarkari bazar

काठमाडौं, ४ भदौ । काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको प्रहरीसहितको सरकारी टोलीलाई व्यापारीले थुनेका छन् ।

klimati tarkari bazar

बजार अनुगमन गर्न सोमबार विहान कालीमाटी पुगेको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन् । व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइएको थियो । सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ ।

आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अवरोध गर्ने ब्यापारीलाई कडा भन्दा कडा कार्वाही गरिने बताएका छन् । सरकारी टोलीले काँक्रा, फर्सीलगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजात माग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो ।

सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध जनाउँदै अनुगमन टोलीलाई नै कोठामा थुनेका हुन् । बाराबाट आएको गाडीसहित चालक प्रहरी नियन्त्रणमा छन् । तर ललितपुरबाट आएको गाडीका चालक फरार भएको प्रहरीले जानकारी दिएको छ । कालीमाटीका व्यापारीले सरकारी अनुगमन टोलीलाई यसअघि पनि पटक–पटक अवरोध गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७