पेट्रोलियम पदार्थको मूल्य बढ्यो, बढेको मूल्य आजैबाट लागू हुँदै


४ भाद्र २०७५, सोमबार
petrolium

काठमाडौं, ४ भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ ।

petrolium

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य २–२ रुपैयाँले बढेर प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर बढाएको छ ।

सोमबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिएका छन् । भारतीय आयल कर्पोरेशन (आईओसी) ले नयाँ मूल्य सूची पठाए अनुसार मूल्यवृद्धि गरिएको निगमले जनाएको छ ।

यो पटक मूल्य नबढाउँदा निगमलाई महिनामै ६० करोड घाटा हुने अवस्था थियो । निगमलाई यो मूल्य समायोजनपछि पनि महिनामा १४ करोड ४२ लाख घाटा हुने गोइतले जानकारी दिएका छन् ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टितेलतमा ७० पैसा घाटा छ । यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । मुल्य नबढाइए पनि ग्याँसमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७