पूर्व राजदूत झाको हत्या अनुसन्धानका लागि जर्मन सेफर्ड म्याक्स परिचालन


४ भाद्र २०७५, सोमबार
police at jha resident

काठमाडौं, ४ भदौ । फ्रान्सका लागि पूर्व राजदूत केशव झाको हत्याको घटना अनुसन्धानका लागि प्रहरीले जर्मन सेफर्ड म्याक्स कुकुर परिचालन गरेको छ ।

police at jha resident

घटना अनुसन्धानको सहयोगका लागि प्रहरी स्कुलबाट दुई कुकुर मगाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । विशेष सुँघ्ने क्षमता भएको म्याक्स नाम गरेको कुकुर घटनास्थलमा प्रवेश गरेर अनुसन्धान गरिरहेको छ ।

जर्मन सेफर्ड प्रजातिको म्याक्स सुँघेर अपराधी पत्ता लगाउने क्षमता राख्छ । प्रहरीले दुई कुकुर ल्याए पनि अर्को एउटालाई घटनास्थल बाहिरै राखिएको छ । प्रहरीका अनुसार उसलाई ‘रिजर्भ’ मा राखिएको हाे । प्रहरीले झाका सुरक्षा गार्ड सानु तामाङलाई नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गरेको छ ।

झाका एक छोरा र एक छोरी छन् । छोरा किरणराज आरयल्याण्ड बस्छन् । उनी शनिबार मात्रै फर्किएका थिए । आइतबार राति खाना खाएर बबरमहलस्थित निवासमा सामान्य अवस्थामा सुतेका पूर्व राजदूत झाको ओछ्यानमै रगत लतपतिएको अवस्थामा शव भेटिएको थियो । ओलम्पिया स्कुल अगाडिको घरमा झा, श्रीमती र एक कामदारसहित बस्दै आएका थिए ।

घर बाहिरबाट ताला लगाएको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार एउटा झ्यालको जाली काटिएको छ । धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको प्रहरी भनाइ छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग भएको हतियार बरामद गरेको जनाएको छ । चक्कु प्रहार गरी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७