नवराज सिलवाल भोट माग्न खेतमै ओर्लिएपछि…


२३ कार्तिक २०७४, बिहीबार
Nawraj silwal 3

काठमाडौं : पूर्व डिआइजी तथा ललितपुर–१ का बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल डुकुछाप पुग्दा मतदातामा बेग्लै रौनक देखियो । घरदैलोको क्रममा मतदातालाई नमस्कार गर्दै खेतमै सिलवाल ओर्लिएर धमाधम धान काट्न सघाए ।

सिलवालले आफू किसानको छोरो भएकाले खेत र किसानसँगको ममता भित्री हृदयदेखिको भएको बताए । खेतमै भेटिएका मतदाता आफ्नो परिवारकै सदस्य र वालसखा भएको अनुभूती भएको प्रतिक्रिया दिए। सिलवालले डुकुछापका किसानको धानखेतमा जाँगर लगाएर खेतालाहरुकै सीप सरह धान काटेका थिए ।

यसरी धान काटेको देखेपछि स्थानीयहरुले सिलवालको धान कटाइ अरु उम्मेदवारको जस्तो नाटक मात्रै नभएर भावनात्मक भएको प्रतिक्रिया दिए । यो सिजनमा मत माग्न आउने उम्मेदवार धान खेतमा ओर्ले जस्तो त गर्छन् तर सिकसिको नमानिकन मेहनत गरेरै धान काटेर हाम्रो मन तान्नु भो गोदावरी–८ डुकुछापका एक किसानले बताए ।

क्षेत्र नं–१ ख का उम्मेदवार चेतनाथ सञ्जेल र बाम गठबन्धनका नेता कार्यकर्ता सहित पुगेका सिलवालले कृषि क्रान्ति बेगर मुलुकको भविष्य उज्वल नहुने धानखेतमै सिलवालले प्रतिक्रिया दिए । खातामा करोडौं हुनेले पनि त अन्न नै खाने त हुन् त्यसैले मेरो पहिलो प्राथमिकता कृषि क्षेत्र मार्फत समृद्धि हो ।

Nawraj silwal 2

Nawraj silwal 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७